काठमाडौंं । संघीय संरचनासँगै भाषा आयोग पनि गठन भएको छ । नेपाल सरकारको माताहातमा रहेको यस आयोगले असार ११ गते आफ्नै सभाकक्षमा एक विशेष छलफल कार्यक्रम आयोजना गरिएको थियो ।
भाषासित सम्बन्धित ब्यक्ति र संस्थाहरुसँगको बैठक तथा अन्तरक्रिया कार्यक्रममा सरकारी कामकाजको भाषाका लागि आधार निर्माण तथा सिफारिस, भाषाहरुको संम्बद्र्धन तथा संरक्षण, मातृभाषाहरुको स्तर निर्धारण तथा शिक्षा प्रयोग सम्भाब्यताको अध्ययन, भाषाहरुको अध्ययन अनुसन्धान तथा अनुगमन लगायतका बुँदाहरुमा छलफल गरिएको थियो ।
आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले कार्यक्रमको सभाअध्यक्षता गर्दै– भाषा आयोग केन्द्रिय तहमा मात्रै सिमित नभई गाउँगाउँमा पुगिने बताए । छलफलमा सहभागीहरु प्रा.डा.कुमार प्रसाद कोइराला, नेत्र प्रसाद दाहाल, डा. नेत्र प्रसाद पौडेल, प्रा.डा. रामचन्द्र लम्साल, शान्ता दाहाल, सुरेन्द्र पहरी, चन्द्रभुषण शाह, पुस्कल कँडेल, सेदुनाथ ढकाल, विरबहादुर महतो, इमान गुरुङ, पदम कुमार राई, प्राभुप प्रसाद धमला, विक्रममणी त्रिपाठी, प्रदिभा पुन, ओमकारेश्वर श्रेष्ठ, राजेन्द्र थोकर तामाङ, अर्जुनबहादुर तामाङ, सन्चु ब्लोन, सिंहबहादुर तामाङ, थुप्तेन तामाङ, कृष्णकुमार साह, जितेन्द्र झा, ऋषिराम दाहाल, भवानी बराल र तेजबहादुर गुरुङ रहेका थिए ।
सहभागीहरुलाई आयोगका उपसचिव गणेशप्रसाद भट्टराईले रोस्टर दर्ता उद्देश्य, दर्ता अवस्था र भूमिकाबारे स्पष्ट गरेका थिए भने सहसचिव रामशरण सापकोटाले कार्यक्रममा सहभागी भाषिक विद्धानहरु भाषा आयोग र समुदायबीच सेतुको रुपमा विज्ञ भई रहने बताए ।
आयोगकै उपसचिव लोकबहादुर लोप्चनले संचालन गरेको कार्यक्रममा उपसचिव जयप्रसाद लम्सालले सहभागीहरुलाई स्वागत गरिएको थियो ।