२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

न्युयोर्कमा नेपाली भाषा र संगीत कक्षा शुरु


Ang

२७ असार २०७४, मंगलबार  

0
Shares

न्युयोर्क- प्रवासमा नया पुस्ता माझ नेपाली भाषाको संरक्षणकेा लागी शेर्पा किदुगले न्युयोर्कमा नेपाली भाषा र संगीतको कक्षा शुरु गरेको छ । नेपाली समुदायको बालबालिकाहरुको लागी हप्ताको पाच दिन सिकाउनका लागी हालै कक्षा शुरु गरेको किदुगको अध्यक्ष उर्गेन शेर्पाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । ‘प्रवासमा आफनै भाषा,धर्म र सस्कृतिको संरक्षणको अतिरिक्त यस पटकदेखिन नेपाली भाषा र संगीत कक्षा शुरु गरेको हो ‘ किदुगको अध्यक्ष् शेर्पाले बताए । कक्षा उडसाइडस्थित शेर्पा किदुगको सास्कृतिक पाठशाला रिग्सुङ लोप्टामा भइरहेकेा उनले बताए ।
‘ अमेरिकामा जन्मेको बालबालिकालाई नेपाली भाषा र संगीतको ज्ञान दिने उद्धेस्यले खोलेको पाठशालामा अध्ययन गर्न चाहने सवैलाई आव्हान गरेका छौ’ किदुगको महासचिव तेण्डी शेर्पाले बताए । उनका अनुसार सोमबारबाट सुचारु हुने नेपाली भाषा र संगीत कक्षाको प्रशिक्षकको रुपमा गणेश पराजुली राखेको छ । पत्रकार सम्मेलनमा उपध्याक्ष डोल्मा शेर्पा, सचिव तेम्बा शेर्पा, सदस्य फुर्वा शेर्पा र गायक गाम्बु शेर्पाको उपस्थिति रहेका थिए । उक्त अवसरमा प्रशिक्षक पराजुलीले नेपाली भाषा र संगीतको बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : २७ असार २०७४, मंगलबार  ३ : ३७ बजे