काठमाडौं । निजामाती क्षेत्रको सर्वोच्च पदमा सरकारले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको छ ।
बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त गरेको हो ।
यसअघिका मुख्यसचिव डा सोमलाल सुवेदी एडिबिमा जागिर खान हिडेपछि मुख्य सचिव पद रिक्त रहेको थियो ।
विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मेका क्षेत्रीले २०४१ साल पुस १९ गते शाखा अधिकृतमा सेवा प्रवेश गरेका हुन् । उनको मुख्य सचिवको अवधि कात्तिक ८ गतेसम्म मात्र रहनेछ ।