१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

डाजाङको साहित्यिक कार्यक्रममा तीन दर्जन स्रष्टा


३१ असार २०७४, शनिबार  

0
Shares

काठमाडौं । तामाङ डाजाङले हरेक महिनाको अन्तिम शनिवार गर्दै आएको ग्योइकाइ गेताङ (साहित्यिक कार्यक्रम) काठमाडौको आर.आर. क्याम्पस्मा सम्पन्न भएको छ । भाषालाई साहित्य मार्फत संरक्षण गर्ने र तामाङ साहित्यको विकास गर्ने उदेश्यका साथ ग्योइकाइ गेताङको १६५ औं श्रृखंला सम्पन्न भएको हो ।

कार्यक्रममा स्रष्टाहरुले कविता, गजल, मौलिक फापारे गीत लगायतका साहित्यिक रचनाहरु वाचन गरेका छन् । वाचन गर्ने स्रष्टाहरुमा फुलकुमार बम्जन, रन्जना मोक्तान, प्रयत्न वाइबा, मानकाजी पाख्रिन, अस्मिता घिसिङ, भरत ग्लान, रचना मोक्तान, हिरामाया घिसिङ, विबेक लोप्चन, संगिता थिङ, पारस लामा, श्याम योन्जन, धनबहादुर मोक्तान, पर्वती घिसिङ र छविलाल ग्लान रहेका छन् ।
डाजाङमा वाचन गरेका रचनाहरु हरेक शनिवार विहान १० बजे तामाङ भाषाको रेडियो कार्यक्रम तामाङ काइ (रेडियो सगरमाथा)मा प्रसारण हुनका साथै मासिक पत्रिका तामाङ डाजाङमा समेत प्रकाशन हुँदै आएको छ ।

३ दर्जन भन्दा बढी स्रष्टा सहभागीता रहेको उक्त कार्यक्रममा तामाङ डाजाङकी अध्यक्ष सन्चु ब्लोनले कार्यक्रमम समापन गर्दै, यो निरन्तरता भाषा र साहित्य विकासका लागि हो । जसले गर्दा नयाँ पुस्ताहरु आफ्नो मातृभाषामा बोल्न र लेख्न ठूलो सहयोग मिलेको बताउनु भयो ।

प्रकाशित मिति : ३१ असार २०७४, शनिबार  ६ : ५४ बजे