न्युयोर्क । अमेरिकाको न्युयोर्कमा दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र निर्माण सहयोगका लागि दोस्रो बृहत श्रीमद भागवत महापुराण हुने भएको छ ।
अगस्ट २३ देखि २७ सम्म पाँच दिन हुन लागेको उक्त महापुराण प्रवीण दीनबन्धुले वाचन गर्ने कार्यक्रम संयोजक राजेश भट्टले जनाएका छन् ।
न्युयोर्कस्थित सत्यनारायण मन्दिरमा हुन लागेको कार्यक्रम नेपाल सरकारका प्रतिनिधि, न्युयोर्कका मेयर तथा विभिन्न धर्मगुरुबाट उद्घाटन हुने भएको छ ।
कार्यक्रमका लागि १००८ मुल समिती गठन गरिने र २१ वटा विभिन्न उपसमिती गठन गरिने आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य उद्देश्य मन्दिर निर्माणका लागि दस लाख डलर संकलन गर्ने रहेको संयोजक भट्टले जनाए । यसैबीच १००८ मुल समिती भने गठन भइसकेको छ । यसको अध्यक्षमा रविकिरण कोइराला तोकिएका छन् ।