डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्यएसिया मामिला हेर्ने विशेष दूत सर्जियो गोर ६ सदस्यीय प्रतिनिधिमण्डलसहित काठमाडौं आइपुगेका छन् ।
तीन दिने नेपाल भ्रमणका क्रममा गोर बिहीबार साँझ काठमाडौं पुगेका हुन् । भ्रमणका दौरान उनले परराष्ट्रमन्त्री शिशिर खनाल तथा अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी, उनले अशोकराज सिग्देलसँग पनि शिष्टाचार भेट गर्ने तय भएको छ । नेपाल भ्रमणअघि गत अप्रिल २० मा अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरले पनि नेपाल भ्रमण गरेका थिए ।
हाल भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोर राष्ट्रपति ट्रम्पका विश्वासपात्र कूटनीतिज्ञका रूपमा चिनिन्छन् । उनको प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट हुने/नहुने विषय भने अझै टुंगो लागेको छैन ।
गत फागुन २१ को निर्वाचनपछि शाह नेतृत्वमा सरकार गठन भएयता नेपाल भ्रमणमा आएका उनी सबैभन्दा उच्च ओहोदाका अमेरिकी कूटनीतिज्ञ भएको बताइएको छ ।









