१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मिस हेरिटेज क्विन अन्तिम तयारीमा


३० श्रावण २०७४, सोमबार  

0
Shares

काठमाडौं । यूथ क्रिएसनद्धारा आयोजित मिस हेरिटेज २०१७ को काठमाडौंस्थित होटेल जुजुबमा प्रशिक्षण भइरहेको छ ।

प्राकृतिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले असारबाट मिस हेरिटेज क्वीन– २०१७ सुरु गरेको हो ।

मिस हेरिटेज सहभागीहरू पुथ्वीनगर झापाका बन्दना लामा मोक्तान, ककनी–५, थाङसिङ, नुवाकोटका प्रिया कालिकोटे, कोन्ज्योसोम गाउँपालिका, ललितपुरको निरमाया घिसिङ, मनहरी–४, मकवानपुरकी रूपा लामा, किस्पाङ गाउँपालिका–३, नुवाकोटका ज्ञानु तामाङ, पाेखराका सविता सुनार,  बलेफी गाउँपालिका–५, सिन्धुपाल्चोकका मञ्जु शाह, लिखु–४, नुवाकोटका सिम्रन तामाङ, काठमाडाैं –१६, बनस्थलीका सिम्रन पण्डित, तेमाल गाउँपालिका–५, काभ्रेका संगीता तामाङ र  सरिता लामा दोङ र तारकेश्वर, काठमाडाैंका जमूना बलामी रहेका छन् ।

मिस हेरिटेजको टोलीले रक्षा बन्धनमा निःशुल्क पानी बितरण तथा बागमती सरसफार्इ गरिएको थियो । कृष्णअष्ठमीमा कृष्ण मन्दिरमा नि-शुल्क पानी बितरण गरिएको छ ।

आयोजकले प्रशिक्षणकै क्रममा साँस्कृतिक सम्पदा बसन्तपुर, पाटन, भक्तपुरको स्थलगत भ्रमण गरिएका छ ।

मिस हेरिटेज क्वीन– २०१७ मा सहभागीमध्ये विजेतालाई क्राउन, क्यास र ह्याम्पर पुरस्कार दिइनेछ । त्यस्तै, फस्ट रनरअप र सेकेण्ड रनरअपलाई पनि क्राउन, क्यास र ह्याम्पर दिइनेछ । यसका साथै विभिन्न विधाका टाइटलहरु पनि उपलब्ध गराइनेछ ।

सहभागी प्रतिस्पर्धीहरुलाई गायक कमल खत्री, दामोदार लामा, रोजिन शाक्य, अभिनेता तथा चलचित्र विकास बोर्डका सदस्य उत्तम केशी, नायिका पुर्णिमा लामा लगायत कार्यक्रम संयोजक बिनोद कुमार लामाले नृत्य प्रशिक्षण दिइरहेका छन् ।

पर्यटन बोर्डमा भदौ ३ गते ट्यालेन्ट शो र फाइनल भदौ ७ मा राष्ट्रिय नाचघरमा हुनेछ ।

 

 

प्रकाशित मिति : ३० श्रावण २०७४, सोमबार  ६ : ३९ बजे