१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

क्यालिफोर्नियामा आदिबासीको एकतापूर्ण अधिवेशन


३१ श्रावण २०७४, मंगलबार  

0
Shares

क्यलिफोर्निया । २३ आंै विश्व आदिबासी दिवसको अवसर पारेर नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाको क्यालिफोर्निया शाखा र नेपाल आदिबासी जनजाति महासंघ क्यालिफोर्निया युएसएबीचको एकतापूर्ण अधिबेसन सम्पन्न भयो ।

क्यालिफोर्नियामा सम्पन्न एकताको अधिबेसनले आगामी दिनमा नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाको क्यालिफोर्निया शाखाको रुपमा रहेर काम गर्ने निर्णय भएको छ । अधिबेसनबाट देव राईको नेतृत्वमा सर्बसम्मत नयाँ कार्यसमिती चयन गरिएको छ । कार्यसमितीको उपाध्यक्षमा प्रेम लामा, महासचिबमा गम्बु शेर्पा, सचिबमा सुरज पाख्रिन र कोषाध्याक्षमा बुद्ध महर्जन चयन भएका छन् । सदस्यहरुमा क्रमस भुवन थापा मगर, राजेन्द्र श्रेष्ठ, ङवाङ शेर्पा, दिपकमान प्रधान, बबित गुरुङ र श्रीमती गोमा लिम्बु रहेका छन् ।

क्यालिफोर्नियाको अलामेदा शहरस्थित वासिङटन पार्कमा अगस्ट १३ का दिन रेशम तामाङको अध्यक्षता र नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाईबाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नव निर्वाचित कार्यसमितीलाई शुभकामना दिदै प्रमुख अतिथि वाईबाले महासंघको वर्तमान अवस्था, महत्व तथा आगामी दिनहरुमा यसले नेपाल र नेपालीको विकासमा खेल्नुपर्ने भूमिकाबारे आफ्नो भनाई राखेको थिए ।

उक्त अवसरमा गोपाल खड्की, न्यान्स अध्यक्ष रबिन्द्र राई, जनसम्पर्क समितीका केन्द्रिय बरिष्ठ उपाध्यक्ष धनन्जय नरसिङ केसी, नेवा समाजका पूर्ब अध्यक्ष नारायण सोम्नामे, शेर्पा एसोसिएसनका अध्यक्ष आङछिरिङ शेर्पा, जनसम्पर्क समिति क्यालिफोर्नियाका अध्यक्ष पूर्ण शेर्पा, निर्बाचन प्रमुख डेकेन्द्र मास्के, समाजका अगुवा बिद्यासागर योञ्जन, समाजसेवी सुरेन्द्र मल्ल, रोशन सुब्बा लिबाङलगायतले आफ्नो भनाई राखे । किलन राईले सञ्चालन गरेको अधिवेशनमा संयोजनकारी भूमिका लाक्पा देण्डी शेर्पाले गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलबार  ७ : १८ बजे