३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

प्रदेश र संघीय चुनाव एकै पटक, मंसिरको दोस्रो साता गर्ने तीन दलको निर्णय


३२ श्रावण २०७४, बुधबार  

0
Shares

काठमाडौं । प्रमुख तीन दल प्रदेश र संघीय निर्वाचन एकै मितिमा मंसिर दोस्रो सातामा गर्न सहमत भएका छन ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको तीन दलका शिर्ष नेताहरुको बैठकमा दुबै चुनाव एकै पटक गर्न भोली बेलुका निर्वाचन आयोगसँग संयूक्त छलफल गर्ने सहमति भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

उनका अनुसार तीन दलविच संसदमा रहेको संविधान संसोधन विद्येयक अगाडि बढाएर भदौ ५ गते सम्म टुङगोमा पु¥याउने सहमति समेत भएको छ । तीन दलविच संविधान संसोधन विद्येयक अगाडि बढाउने विषयमा सहमति भएपनि एमालेले भने संविधान संसोधन अगाडि बढाउने विषयमा सहमति जनाएपनि विद्येयकको विपक्षमा मतदान गर्ने स्पष्ट पारेको थियो ।

त्यसैगरी बैठकले तेस्रो चरणको स्थानीय तहको निर्वाचन तोकिएकै मिति असोज २ गते सम्पन्न गर्ने सहमति पनि भएको छ ।
नेम्वाङका अनुसार बैठकमा माघ ७ गनेभित्र सबै निर्वाचन सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहमतिका साथ अघि बढ्ने विषयमा पनि तीन दलका शिर्ष नेताहरु सहमत भएका छन ।

प्रकाशित मिति : ३२ श्रावण २०७४, बुधबार  ६ : ५९ बजे