३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

रुपा लामा बनिन् मिस हेरिटेज क्विन २०१७ को बिजेता


८ भाद्र २०७४, बिहिबार  

0
Shares

काठमाडौं । यूथ क्रिएसनद्धारा आयोजित मिस हेरिटेज २०१७ को ताज मकवानपुरकी रुपा लामाले जितेकी छन् ।

बुधबार सम्पन्न काठमाडौंस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ग्रेण्ड फिनालीमा १४ प्रतिस्पर्धीलार्इ पछि पार्दै प्रतियोगिता नं. ८ का रूपाले उपाधि जित्न सफल भएको हो ।

त्यस्तै गरि पुथ्वीनगर झापाका बन्दना लामा मोक्तान फस्टरनरअप भइन्  भने  काभ्रेका संगीता तामाङ र  सरिता लामा दोङ सेकेन्ड र थर्ड रनरअपको उपाधि जितिन् ।

मिस हेरिटेज क्वीन विजेतालाई क्राउन, क्यास र ह्याम्पर पुरस्कार प्रदान गरिएको छ । यसका साथै विभिन्न विधाका टाइटलहरुको उपाधि पनि दिएकाे छ ।

प्रतियोगितालार्इ काठमाडाैं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख अातिथ्यतामा उद्घाटन भएकाे थियो । बिशेष अतिथि चलचित्र विकास बोर्डका सदस्य बरिष्ठ अभिनेता उत्तम केसी लगायत अतिथिहरू रहेको थियो ।

प्राकृतिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारी रुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले पहिलो पटक यसबर्षबाट मिस हेरिटेज क्वीन-२०१७ सुरु गरेको हो ।

 

प्रकाशित मिति : ८ भाद्र २०७४, बिहिबार  ५ : १५ बजे