११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

डा उप्रेतीको बाल कथासंग्रह ‘फुलमाया चरी’ सार्वजनिक


२८ भाद्र २०७४, बुधबार  

0
Shares

काठमाडौं । डा अरुणा उप्रेती लिखित बालकथा संग्रह फुलमाया चरी सार्वजनिक भएको छ । बुधबार अर्थात भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा एक कार्यक्रमकाबीच माननीय महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले उक्त संग्रह सार्वजनिक गरेकी हुन् ।
कथासंग्रहमा २० वटा कथा संग्रहित छन् । बालमैत्री नेपाल प्रालिले प्रकाशन गरेको कथासंग्रहमा जित गुरुङको चित्र रहेको छ ।

कार्यक्रममा बाल साहित्य सर्जक अनन्त वाग्ले, उपप्रध्यापक गीता त्रिपाठीले कथा संग्रहको समीक्षा गरेका थिए ।

मन्त्री कोइरालाले बालबालिकाका विषयमा बाल दिवस नजिकिदैं गर्दा अनुभवी व्यक्तिबाट बाल साहित्यमा सिर्जना भएर आउनु खुसीको कुरा भएको बताइन् ।आयोजक बालमैत्री नेपालका प्रमुख रविराज बसौलाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : २८ भाद्र २०७४, बुधबार  ३ : ४१ बजे