हेमन्त काफ्ले
संगठन ब्यक्तीको होइन बिचार र आकारको आधारमा चल्नु पर्दछ । संस्था तब मात्र बलियो हुन्छ जब यसको जग बलियो हुन्छ । झोलामा संगठन बोकेर ब्यक्तीको बढाइ गर्ने संगठन दिर्घकालिन रुपमा अगाडि बढ्न सक्दैन । सामुहिकताको भावना र आम हितैषीहरुको कामना रहयो भने मात्र संगठन अघि बढनसक्छ । यतिखेर गैर आवासिय नेपाली संघ (एनआरएन) यस्तै यस्तै दुविद्धा र अन्तरकुण्ठामा अगाडी बढेको देखिन्छ ।
धनपती शेष घलेको दुइ कार्यकालले बिट मार्दैगर्दा संगठनमा केहि तिता मिठा बहसहरु प्रारम्भ भएका छन । एनआरएनले प्रवासको बिश्वासिलो साझेदारका रुपमा उदाउदै गर्दा पर्दा पछाडिका गुथीहरु प्नि खुल्दै गएका छन । भनिन्छ , चिनी धेरै खायो भने तितो हुन थाल्छ । पहिलो कार्यकालमा अस्ट्रेलियाका अर्वपती घलेको बिश्वभर हाइ हाइ भए । धनसँगै मन भएको ब्यक्तीमा गनिएपनि । मुलुक दुख्दा जुरुक्कै उठेर हिडने उनको साहस र जागँरले धन भन्दा पनि उनको मन बलियो भएको ठम्माइ गरयो । दोस्रो कार्यकालका लागि पनि छानिए घले । प्रारम्भमै मनोनितमा किचंगलोमा परेपनि कार्यकाललाई सरसरती अगाडि बढाए । संस्थागत बनाउने उनको प्रयासमा आफ्नै भवन र लाप्राकले सुस्तै भएपनि अग्रगती लियोपनि ।
संस्था र समन्वय अनि सामुहिकता एनआरएनको प्रतिबद्धता थियो । एनआरएन चिनियो कामले तर दामले पनि बढि प्राथमिकता पायो बजारमा । यो संस्था चिनिदै गर्दा उपाध्यक्ष ,महासचिब सचिब, कोषाध्यक्ष र सदस्यहरुको पनि उत्तिकै मिहिनेत र पसिना बगे होलान । तर संस्था चिनियो ब्यक्तीको नाममा , ब्यक्ती भए हिरो संस्था भयो जिरो । जसले जे भनेपनि पछिल्ला दिनहरुमा संस्थाले नामसँंगै बदनाम पनि कमाउन थालेको छ । अमेरिकामा बिधानको बिवाद अदालतमा पुग्यो ,चिनमा जबरजस्ती गरिएको आवाज उठेको छ । बिवाद र समाधानका वाटाहरु पहिल्याउने क्रममा अध्यक्ष र महासचिब जस्ता जिम्मेबार पदाधिकारीले आआफ्नो शक्ती प्रर्दशन देखाएका छन । संस्थागत नहुनुको बिडम्बना र दादागिरीको स्वरुपमा देखाइएका पत्राचारले यस पटक एनआरएनको साख गिराएको छ । आफैमा एकतामा बाध्न नसकेको संस्थाको बिधानको ब्याख्या आफुखुसी गर्दा कयैन गैरआवासिय नेपालीहरु मर्माहात बनेका छन । ठुलालाई बिधानले नछुने र सानालाई च्याप्ने परम्पराले संगठनको मर्ममाथिनै प्रहार गरेको छ ।
ब्यक्ती प्रगतीमा सकेको योगदान दिने मनोवृती भन्दा खुट्टा तानातानमा बढि देखिन्छ संस्थामा । आफ्ना कृतीम उचाँंइ देखाउन नृतृत्वहरु हिलजुत्ताको प्रयोगमा रमाइरहेका छन । पैसाको धाक र धक्कुले संस्थाको गहिराइ नापीदै छ यतिखेर । संसारमा छरिएर रहेका लाखौ प्रवासीहरुको हित भन्दा ब्यक्तीको स्वार्थमा रमीदैं जाने प्रवृतीले बढावा पाइरहेछ । कुरो कसो हो भने कतिपय मानिश आफु खुसी हुनलाई अरुलाई दुखी बनाउछन । तर केहि भने अरुलाई दुखी नबनाइ पनि खुसी हुन चाहन्छन । यतिखेर एनआरएन भित्र यस्तै यस्तै भिडको भिडन्त हुने पक्का छ । नेतृत्व भनेको सर्वसाधारण सदस्यको पहुँंचको बिषय पनि हो । संस्थाको मुख्य कमजोरी पनि यही हो अहिले । यो अबिछिन्न उत्तराधिकारीको संस्था पनि हो तर कार्यशैली र निणर्य हेर्दै गर्दा कर्पोरेट कल्चर हावी भएको छ यसमा ।
लाखौ सदस्यहरुवाट उठाइएका सहयोग रकम रुमल्लीएका छन । संस्थाको सहयोगलाई ब्यक्तीको आवरणमा चादर ओढाइन्छ । पीडामा बाँंचेका असहायमाथि जताइएको सहयोग फेसबुके फाटोहरुमा अपलोड गरेर सामाजिक अभियन्ताको खोल ओढाइने चलन बढेको छ । यो कदापी उचित मार्ग होइन । सोचमा परिवर्तनको आवश्यकता छ मेरो होइन हाम्रो भन्न सक्नुपर्छ ।
सडकमा हिडदैमा मान्छे भुइमान्छे हुँदैन , आचार बिचार र संस्कारले मापन हुन्छ मान्छेको स्तर । गगनचुम्बी महलमा बसेर वा बातानुकुलीत परिवेशमा बसेर सास फेर्दैमा मान्छेको चेतनाको स्तर बढदैन । यस्तै नेतृत्वमा पुग्ने ब्यक्तीले आफ्नो बाहेक अरुको बिचारलाई निषेध गर्ने हो भने त्यो मठाधिश मर्मको अन्त्य जरुरी हुन्छ । फेरी पनि एनआरएन निर्वाचनको संघारमा छ । अमेरिकाका गौरी जोशीहरुमाथि न्यायीक हुनुपर्छ एनआरएन । जितसँगै थपीने दायित्वबोध जबसम्म नेतृत्वले गर्दैन त्यो परिणाम एंकाकी र एकसरो हुन्छ । जो जो जसरी हिजो नेतृत्वमा पुगे त्यो सर्वहिताय रहयो की रहेन त्यसको समिक्षा गर्न जरुरी छ । बिगतको समिक्षा नगर्ने हो भने स्वर्णिम भबिष्यको कल्पना पनि गर्न सकिन्न ।
लेखक एनआरएन अष्ट्रिलियाको सल्लाहकार हुन ।