१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023

अमेरिकाबाट एनआरएनए आइसिसि मा को कसले उम्मेद्धवरी दिदैछन ।


Ang

१६ आश्विन २०७४, सोमबार  

0
Shares

न्युयोर्क- एनआरएनए आइसिसिको काठमाडौमा हुन लागेको ग्लोबल सम्मेलनमा एनआरएन अमेरिकाबाट १ सय ८१ जना प्रतिनिधिको नाम छनौट गरेको छ । एनआरएन अमेरिकाको प्रतिनिधि छनौट समितिले ३ सय ५० भन्द बढिको नामबाट छानेर आइतबार अन्तिम नामवाली प्रकाशित गरेको छ । विगत भन्द धेरै सदस्य बनेको एनआरएन अमेरिकाबाट यस पटक आइसिसिको आगामी नेतृत्वमा आधा दर्जन बढिले विभिन्न पदहरुमा उम्मेद्धवरी दिने भएको छ । यस पटक उपाध्याक्ष पदमा सोनाम लामा र खगेन्द्र क्षेत्रीले उम्मेद्धवरी घोषणा गरेका छन भने संयोजक पदमा एसि शेर्पा र क्यानाडाबाट गिरि बुढाथोकी मगरले उम्मेद्धवरी घोषणा गरेका छन भने अमेरिकाबाट गौरि जोशिले उम्मेद्धवरी घोषणा गर्ने भनेपनि अहिलेसम्म गरेको छैन । जोशिलाई गत एनआरएन अमेरिकाको निर्वाचनमा मुद्धा फिर्ता लिदा भएको सहमति अनुसार संयोजक आरसि पदमा उम्मेद्धवरी दिन लगाउने भएको थियो ।

त्यस्तै क्षेत्रिय उपसंयोजक डिआरसिमा नविन सेरचन, शिवकुमार राई, दिल श्रेष्ठ र तेम्बा नुर्बु लामाले उम्मेद्धवरी दिने घोषणा गरेका छन । त्यस्तै केन्दि्रय महासचिव पदमा एनआरएन अमेरिकामा हालै निर्वाचित डा केशव पौडेलले पनि उम्मेद्धवरी दिने योजना बनाएको छ । अध्यक्ष पौडेलले पनि सबैको सर्मथन मिलेमा आफु महासचिवको जिम्मेवारी लिन चाहेको बताएको छ । यस पटक आइसिसिमा प्रतिनिधि हुनेहरुलाई सहाभागी शुल्कको रुपमा २ सय ५० डलर लिएका छन ।

प्रकाशित मिति : १६ आश्विन २०७४, सोमबार  ७ : २२ बजे