काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ ।
आयोगको मंगलबार बसेको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्को सिफारिसमा निर्वाचन अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै, न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका द्वितीय श्रेणी अधिकृतलाई निर्वाचन अधिकृतमा असोज १९ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।