२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

क्यानबेरामा लक्ष्मी जयन्ती


३१ आश्विन २०७४, मंगलबार  

0
Shares

हिमायत अधिकारी/क्यानबेरा

अन्तराष्टिय नेपाली साहित्य समाज क्यानबेराको आयोजनामा मिति १४ अक्टुवर २०१७ का दिन क्यानबेराको बेष्टर्न पार्क यारालुम्लामा १०९ औं लक्ष्मी जयन्ती मनायो । समाजका उपाध्यक्ष श्री भेष देवकोटाले सम्पूर्ण अतिथी, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु र उपस्थित महानुभावहरुलाई कार्यक्रममा स्वागत गर्दै लक्ष्मी प्रसाद देवकोटाको जीवनीका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमका महासचिब बिनायक अधिकारीले अनेसासको स्थापनाका बारेमा जानकारि दिए । एनआरएनए क्यानबेराका संयोजक राजन ढुंगेल, अनेसास क्यानबेराका अध्यक्ष डा. शकुन्तला देवकोटा र सचिव चन्द्र तिवारिलगायतले कविता वाचन गरेका थिए ।

 

प्रमुख अतिथि श्री यूवराज नयॉंघरेलाइ समाजका तर्फवाट मायाको चिनो प्रदान गरिएको थियो ।  कार्यक्रममा अतिथीको रुपमा बोल्दै नेपाली राजदुताबास क्यानबेराका उपनियोग प्रमुख श्री राजेन्द्र पाण्डेले दिनप्रतिदिन नेपाली साहित्यलाई माया गर्नेहरुको संख्या बढेकोमा खुसी ब्यक्त गर्दै अनेसास क्यानबेरालाई जस्तो सुकै सहयोग आवस्यक परेमा आफु तयार रहेको बताए । प्रमुख अतिथीको रुपमा नेपाली साहित्यमा निवन्ध यात्रामा आफनो कलम चलाउनुभएका र २०६६ सालमा एक हातको ताली पुस्तक मार्फत मदन पुरस्कार प्राप्त गर्न सफल ब्यक्तित्व श्री यूवराज नयांघरे थिए । उनल आफू यसरि साहित्यीक कार्यक्रममा जोडीन पाएकोमा अत्यन्त खुसी ब्यक्त गर्दै संस्थालाई आफना रचनात्मक कार्य गरिरहन सल्लाह र सुझाब ब्यक्त गर्दै आफनो तर्फबाट जे जस्तो सहयोग गर्न पनि तयार रहेको कुरा जानकारि दिए ।

 

 

प्रकाशित मिति : ३१ आश्विन २०७४, मंगलबार  ८ : ४५ बजे