काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको अध्यक्षमा नवराज दाहाल ३३१ मत गरी विजयी भएका छन् । उनका प्रतिद्वन्दी मोहन लम्सालले ३१३ मत प्राप्त गरे । अध्यक्षकै उमेदवार नुर्जामु शेर्पाले ५० मत पाए ।
दाहाल बाम गठबन्धनका उमेदवार हुन् भने लम्साल कांग्रेसका उमेदवार । शेर्पाले भने स्वतन्त्र उमेदवारी पेश गरेका थिए ।
राजधानीको हायत होटलमा सम्पन्न भएको टानको ३९ औँ साधारणसभाबाट उपाध्यक्षमा खुम सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापा, उपाध्यक्षमा निलहर िवास्तोला, महासचिवमा आङपेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषध्यक्षमा रामकृष्ण तिमिल्सिना निर्वाचित भए ।
सह–कोषाध्यक्षमा तारा राणा र सदस्यहरुमा रविन्द्र अधिकारी, राजन काप्री, गोपाल श्रेष्ठ, बाबुराम गुरुङ, शेरबहादुर परियार, रितु म्याम्दान, जंगबहादुर लामा, शुक बहादुर लामा विजयी भए ।