साहित्यकार एवं गीतकार छिरिङ शेर्पा ‘अविरल’ को नयाँ गीति एल्बम ‘शुभकामना’ लोकार्पण गरिएको छ । राजधानीको पर्यटन बोर्डमा एक समारोहबीच कवि तुलसी दिवस विशिष्ट अतिथी बरिस्ठ सङ्गितकार दिपक जङ्गम ,मुक्तक सम्रज्ञि तथा साहित्यकार उषा शेरचन , कवि मन्जुल , गजलकार तथा एनिमेटर करुण थापा, सङ्गितकार शिला बहादुर मोक्तान , गायिका सङ्गिता पधान, गीतकार केशब मिश्र, गितकार अनिल स्थापित, शेर्पा सङ्घका अध्यक्ष एडि लामा शेर्पा सेवा केन्द्रका बरिस्ठ उपाध्यक्ष गेल्जे लामाले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तुलसी दिवास बरिस्ठ सङ्गितकार दिपक जङ्गम , साहित्यकार उषा शेरचन , सङ्गितकार शिला बहादुर मोक्तन र गजलकार करुण थापाले गीतका शब्दहरुमा मिठास रहेको र आवाजहरु उतिकै मिठो रहेकोले एल्बमको सफलताको शुभकामना दिए । कार्यक्रममा एल्बममा रहेको शिर्ष गीत गायक मिङ्मा शेर्पाले प्रस्तुत गरे भने गायाक लाक्पा शेर्पा र बानिका प्रधान ले पनि गीत प्रस्तुत गरे । एल्बममा रहेको एउटा म्युजिक भिडियो पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो । जुन म्युजिक भिडियो को निर्देशन पासाङ योन्जेन लामा ले गरेका छन् भने प्रियांक कार्की र बिज्ञान उदासले अभिनय गरेका छन्। कार्यक्रममा सम्पूर्ण अतिथी र आगन्तुकहरुलाई गीतकार छिरिङ शेर्पा मायाको चिनो स्वरुप एल्बम प्रदान गरेका थिए । एल्बममा लक्पा शेर्पा, मिङमा शेर्पा, राजेश पायल राइ, बनिका प्रधान, संगीता राना, एपी शेर्पा, पेम्बा छोटी शेर्पालगायतको स्वर रहेको छ ।
९ गीत रहेको एल्बममा रहेका ३ गीतमा लाक्पा शेर्पाको, ४ गीतमा मिङमा शेर्पाको, एक गीतमा अनिस श्रेष्ठको, एक गीतमा बलराम समालको संगीत रहेको छ ।
२०७३ सालम विश्व भरिका साहित्यकारहरूको लेख रचना हरुको सङ्गालो सामाजिक सन्जालका माध्यमबाट प्रकाशन गरिएको तरंग चौतारीमा कविता प्रकाशित भएपछि साहित्यिक ब्याक्तित्वहरु सङ्ग पुन सामाजिक सन्जालका माध्यमले जोडिने अवसर जुरेको र पुन लेखन हौसला मिलेको गीतकार शेर्पाले बताए ।