विराटनगर । एमाले नेता एवम् मोरङ ६ का उमेदवार लालवावु पण्डितले उनकै क्षेत्रका सुकुम्वासीलाई फर्जी लालपूर्जा वितरण खुलेकाे छ ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको ९ महिने शासनकालमा सकुम्वासी आयोग मोरङको अध्यक्ष रहदा उनले विपन्न परिवारमा वितरण गरेको लालपूर्जा फर्जी रहेकाे खुलेकाे हाे ।
मोरङ ६ मा पर्ने बुढीगंगा गाउँपालिका —७ साविक डंग्राहामा बसोवास गरिरहेका १ सय ५० घरधुरीलाई वितरण गरेको लालपूर्जा फर्जी भएकाे खुलेकाे पीडित ठकुप्रसाद वाँतरले दाबी गरे ।
‘मलाइ पनि ८ धुर जग्गा परेकाे थियाे, खुसी भएर त्यतिबेला भोट पनि दिएँ, पछि मालपोतमा गएर भिडाउँदा कुनै जग्गा छैन,’ वाँतरले भने ।
उनले भने, ‘म मात्र होइन डंग्राहामा वितरण गरिएको १ सय ५० घरपरिवारको लालपूर्जाको कुनै अभिलेख कार्यालयमा भेटिएको छैन ।’ उनकाअनुसार वडा न —७ का करिव ५ सय सुकुम्वासी मध्ये केहीलाई त्यो वेला पूर्जा वितरण गरिएको थियो ।
उक्त स्थानका सुकुम्बासी अहिले ऐलानी जग्गा र नहरको डीलमा बस्दै आएका छन । गरिव जनतालाई झुक्याएर एमालेले भोटको राजनीति गरेको स्थानीयवासी जयप्रकाश सरदारले आरोप लगाए । यता एमाले मोरङले मोरङ ६ मा सयौ परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेको दावी गरेको छ । ०५२ साल जेष्ठ ३१ गते वितरण गरिएको लालपूर्जामा तत्कालीन अध्यक्षको हैसियतले लालवावुको दस्तख्त छ । मोरङ ६ बाट बामगठबन्धनको उम्मेदवार बनेपछि सकुम्वासीहरुले यो मुद्धालाई उठान गरेका हुन । लालवावु भोट माग्न आउदा फर्जी लालपूर्जा उनलाई नै फिर्ता गर्ने तयारी सकुम्वासीहरुको छ । सरदारले भने , फर्जी लालपूर्जा जम्मा भैरहेको छ , सवै सकुम्वासीले जम्मा गरेपछि लालवावुलाई फिर्ता गरिदिने छौ ।