२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

प्रकाशलाइ टीका लगाउँदै श्रदान्जली दिए प्रचण्डले, पशुपति अार्यघाट लगिदै


३ मंसिर २०७४, आइतबार  

0
Shares

काठमाडाैं । माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिँदै पार्टीको झण्डा ओढाएका छन् ।

प्रकाशको पार्थिव शरिरलाई आहले माओवादी पार्टी कार्यालय कोटेश्वरको पेरिसडाँडामा राखिएको छ। प्रकाशलाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, अमिक शेरचन, वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, नेकपा मालेका महासचिव सीपी मैनाली लगायत आएका छन्।

प्रकाशको आइतबार विहान घरमै हृदयघातका कारण निधन भएको नर्भिक अस्पतालका डाक्टरहरुले बताएका छन् । उनको आइतबार नै अपरान्ह ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार हुनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०७४, आइतबार  ३ : ५६ बजे