२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

सिन्धुपाल्चोकमा कांग्रेसका निमा लामा ह्योल्मो विजयी, बने जिल्लामा कांग्रेसबाट जित्ने एक्ला नेता


२४ मंसिर २०७४, आइतबार  

0
Shares

फुलमान तामाङ/नवलपुर

सिन्धुपाल्चोकको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ। प्रतिनिधिसभातर्फ दुबै क्षेत्रमा बाम गठबन्धन र प्रदेश तर्फ तीन सिट बाम गठबन्धनले जित हात पारेको बेला क्षेत्र २ को प्रदेश ख मा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। पूर्व सभासद्समेत रहेका माओवादी केन्द्रका दावा तामाङलाई १९७ मतले पराजित गर्दै कांग्रेसका निमा लामा प्रदेश सभामा विजयी भएका हुन्। लामाले १८ हजार ९०५ मत पाए भने तामाङले १८ हजार ७०८ पाएका छन्।

२ को प्रदेशसभा १ मा माओवादीका युवराज दुलाल २० हजार ६८७ मत ल्याएर विजयी भए। कांग्रेसका विकास लामाले १३ हजार ५२१ मत पाए। क्षेत्र १ को प्रदेश क मा एमालेका अरुण नेपाल २१ हजार ७१२ मतसहित निर्वाचित भए। कांग्रेसका विष्णु खत्रीले १४,६३३ मत पाएका छन्। प्रदेशसभा २ मा एमालेकै सरेश नेपालले २२ हजार ८३७ मत ल्याएर विजयी भए। कांग्रेसका राजेन्द्र श्रेष्ठले १२१८७ मत प्राप्त गरे। प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर १ मा माओवादीका अग्नि सापकोटा र २ मा एमालेका शेरबहादुर तामाङ विजयी भएका छन्।

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार  २ : २२ बजे