सिंचाइमन्त्री सञ्जय गौतमद्वारा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव पराजित
२०७४ मंसिर २४, आईतवार १७:५५

काठमाडौं: एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सिंचाइमन्त्री सञ्जयकुमार गौतमसँग पराजित भएका छन्। बार्दिया १ मा चुनावी मैदानमा रहेका वामदेवलाई ७५३ मतले पछि पार्दै सिंचाइ मन्त्री सञ्जय विजयी भएका हुन्। सञ्जयले ४४ हजार ८२९ मत पाएका छन् भने वामदेवले ४४ हजार ७६ मत पाएका छन्।