१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

प्रधानमन्त्री देउवालाई धन्यवाद दिए प्रचण्डले


२५ मंसिर २०७४, सोमबार  

0
Shares

काठमाडौ‌ं । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेर बहादुर देउवालाई धन्यवाद दिएका छन्।

सोमबार निर्वाचित भएपछि प्रचण्डले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि धन्यवाद ज्ञापन गर्दछु । अब सरकारबाट संविधानको मर्म अनुसार सहज रुपमा नयाँ सरकार निर्माणमा सहयोगको समेत अपेक्षा गर्दछु।’

उनले चितवन क्षेत्र नं. ३ का सबै मतदाताप्रति आभारी प्रकट गरे।

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार  ७ : १३ बजे