६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

तामाङ सोसाइटीको न्युयोर्क च्याप्टर गठन २४ तारिक: अध्यक्षमा छेमाङ तामाङ थोकरले उम्मेदवारी घोषणा


५ पुस २०७४, बुधबार  

0
Shares

न्युयोर्क: उत्तर अमेरिका भरि छरिएर रहेका सबै तामाङ संघ सस्थालाई आबद्ध गराई एक्यबद्ध रुपमा सिंगो साझा छाता संगठन बनाउने उद्देश्यका साथ हुन लागेको सम्मेलन अगावै विभिन्न राज्यहरुमा च्याप्टरहरु गठन गरिरहेका छन । यसै क्रममा न्युयोर्कमा पनि आगामी डिसेम्बरको २४ तारिक तामाङ सोसाइटी अफ अमेरिका (टिएसए)को च्याप्टर गठन गर्न लागेका छन । गठन अगावै दुई जनाले अध्यक्ष पदको लागी उम्मेद्धवरी घोषणा गरेका छन । डिसेम्बर १७ आईतबार थकाली किचनमा युएसए स्पोर्टसका पूर्व महासचिव तथा तामाङ सोसाइटी अफ अमेरिका कार्यसमितिका पूर्व सदस्य तथा वर्तमान तामाङ  बौद्ध सस्कृति केन्द्रका सदस्य छेमाङ तामाङ थोकरले आफ़्नो टिमसहित अध्यक्षमा उम्मेदवारीको घोषणा गरेको छ।

अध्यक्षमा छेमाङ तामाङ थोकरको उम्मेदवार घोषणा हुने बेला उपस्थित जनसमुदाय

उक्त घोषणा सभामा संस्थापक अध्यक्ष सुबास् लामा, संस्थापक सदस्यहरू क्रमस पूर्व अध्यक्ष राम तामाङ, सुर्य तामाङ, संस्थापक सदस्य तथा बर्तमान कार्य समितिका उपाध्य्क्ष सिर्जना लामा, पूर्व अध्यक्ष भरत लामा,  उपाध्य्क्ष लालमान तामाङ, वर्तमान अध्यक्ष तथा उत्तर अमेरिका तयारी समितिका संयोजक शान्तबाबु थोकर, त्यस्तै सदस्य सचिव लक्यान लामा, एनआरएन अमेरिकाका महासचिव बाबुराम लामा, एनआरएनका सहकोषाध्यक्ष पवन योन्जन, टिएसएका वरिष्ठ उपाध्यक्ष नायक अमृत लामा, महासचिव अमर तामाङ,  पूर्व महासचिव बुद्धीमान तामाङ, आरती लामालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

यस अघि गत १६ तारिख शनिवार तामाङ सोसाइटी अफ अमेरिकाका वर्तमान कार्य समिति सदस्य प्रेम थोकरले पनि (टिएसए)को न्यूयोर्क च्याप्टरको अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन।

प्रकाशित मिति : ५ पुस २०७४, बुधबार  ८ : ३६ बजे