३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

विगतमा एकल संक्रमणीय प्रणालीकाे अभ्यास थियाे-प्रचण्ड


७ पुस २०७४, शुक्रबार  

0
Shares

भरतपुर। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा विधेयकबारे बाम गठबन्धनकाे साझा धारणा बनाएर अघि बढ्ने बताएका छन्।

शुक्रबार दिउँसाे गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, “बिहान प्रधानमन्त्रीले पाँच दलकाे बैठक बाेलाउनु भयाे। राष्ट्रिय सभा र नयाँ सरकार गठनबारे कुराकानी भयाे, ठाेस निष्कर्ष निस्किसकेकाे छैन। संविधानमा राष्ट्रिय सभा बहुमतीय कि एकल संक्रमणीय भन्ने बारेमा केही कुरा उल्लेख छैन। विगतमा एकल संक्रमणीय प्रणालीकाे अभ्यास थियाे। अहिले संविधानमा केही उल्लेख नभएकाले केही अन्यौल देखिएकाे छ। हामी बाम गठबन्धनभित्र छलफल गरेर साझा धारणा बनाउँछौ र निकास खाेज्छौं।”

पार्टी एकता पनि चाँडै टुंगोमा पुग्ने उनले बताए। भने, “पार्टी एकताकाे प्रक्रिया पनि अघि बढ्छ। छिट्टै पार्टी एकता संयाेजन समितिकाे बैठक बस्छौं, एकताका लागि हामीलाई कुनै समस्या छैन। हाम्रा केही समझदारी छन्। हामी समझदारीका साथ अघि बढ्छौं।”

 

प्रकाशित मिति : ७ पुस २०७४, शुक्रबार  ७ : २४ बजे