३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

वाइटहाउसमा पत्रकार शर्मा भाषाविज्ञको रुपमा नियुक्ता


Ang

८ पुस २०७४, शनिबार  

0
Shares

अमेरिकी राष्ट्रपतिको कार्यालयले पत्रकार कृष्ण शर्मालाई नेपाली र हिन्दी भाषा विज्ञको रूपमा नियुक्त गरेको छ । हृवाइट हाउसमा भाषा विज्ञको रुपमा जागिरे पाउने शर्मा पहिलो नेपालीमुलको अमेरिकन हुन । शर्मा नेपाल अमेरिका पत्रकार संघ नेजाको पुर्व अध्यक्ष हुन । अमेरिकी नेपाली समुदायमा परिचति उनले केही समय अघिसम्म आफनो छोरि सुकृती शर्मासग संयुक्त रूपमा ‘अमेरिकी सम्बाद’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गदै आइरहेका थिए ।

शर्मा नेपालमा हुदा दि राइजिगं नेपाल अंग्रेजी दैनिक पत्रिकामा उप सम्पादकको रूपमा सात वर्ष सम्म सेवा गरी अमेरिकामा आए पछि दि वासिंगटन पोष्टमा करीव छ वर्ष सम्म काम गरेका थिए । वासिगंन डि सि स्थित न्याय बिभागमा भाषा शास्त्रीको रूपमा करीब पाच वर्ष सम्म काम गरेका उनले सन २०१५ देखि भर्जिनियाको फेयरफयाक्स स्टेशन स्थित दूर्गा मन्दिरमा नवदुर्गा नेपाली पाठशाला स्थापना गरी निरन्तर सचांलनमा ल्याएका छन ।

शुरूका दिनमा शर्मा र उनकी श्रीमती सोना लामिछाने लगायत अन्य अभिभावकहरूको संयुक्त शिक्षणबाट बालबालिकाहरू लाभान्वित भएका थिए । हाल शिक्षक हरीकृष्ण पुडासैनि सगैं शर्माले हरेक आइतबार बिहान केटाकेटीहरूलाई नेपाली भाषा, संस्कृति पढाउदछन । अमेरिकी राष्ट्रपतिको कार्यालय वाइटहाउसमा शर्माले पाएको नियुक्तीसंगै नेपाल अमेरिका पत्रकार संघ नेजाले विज्ञाप्ती मार्फत बधाई तथा शुभकामना दिएका छन ।

प्रकाशित मिति : ८ पुस २०७४, शनिबार  १० : ५० बजे