मच्छेदेवी गुुरुङ
गत हप्ता अमेरिकाको न्यूयोर्कमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको छैटौं महाधिवेसनमा सदस्य विवादको कारण निर्वाचन स्थगित भयो । निर्वाचन स्थगित हुने एउटै कारण थियो सदस्यता नविकरण गर्ने की नगर्ने भन्ने मुख्य थियो । यसपटकको मुख्य विवाद दुई राई सस्था मध्ये युक्रा र ढोप्के किदुगको विवादले निर्वाचनलाई स्थगित गरेकै हो । कालान्तरमा दुई राईहरु वीच सहमति हुने देखिएपनि ढोक्प्या किदुकका सदस्यहरु र उनलाई जग हाल्नेहरुले तुरुन्तै सदस्यता दिनु पर्ने अडान राख्दै निर्वाचन कमिटि समक्ष आक्रमक ढंगले विरोधमा उत्रिएपछि निर्वाचन स्थगित गरेको हो । असन्तुष्ट सदस्यहरुले हलभित्र निकै कोलाहल मच्चाउन थालेपछि निर्वाचन कमिटिले निर्वाचन गराउन नसक्ने भन्दै अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित भएको घोषणा गर्नुप¥र्यो ।
फिप्नाले नोभेम्बर ३० तारिख भित्रमा नविकरण गर्नुपर्ने समयसिमा तोकेपनि, ढोक्प्या किदुगले तोकेको समयसिमामा नविकरण नगरेपछि अधिबेसनस्थलमा सदस्य दिनपर्ने अडान लिएपछि विवाद भएको निर्वाचन कमिटिको दावी छ । फिप्नाको अधिवेसन उद्घाटन कार्यक्रममा प्रतिनिधिहरु र पर्यवेक्षकहरुको उपस्थिति उत्साहजनक देखिए पनि अधिवेसन अन्त्यतिर पुग्दाको तिक्तता र नेतृत्वमाथिको असन्तुष्टिसंगै निर्वाचन स्थगित भएर विवादमै टुंगिनु दुखद पक्ष हो । विदेशको भूमिमा आएर आदिवासी जनजातिको हक अधिकारका लागि संगठित भएर एउटै छातामुनि गोलवद्द हुनु आफैमा सकारात्मक कुरा हो, तर त्यो एउटै छातामुनि रहेका संस्थाहरुलाई समेटेर जान नसक्नु नेतृत्वको ठुलो कमजोरी हो ।
नेतृत्वले गरेको कमजोरीसंगै अधिबेसनमा कोषाध्यक्षले आर्थिक प्रतिवेदन फितलो रुपमा प्रस्तुत गर्नुको साथै प्रतिनिधिले राखेको जिज्ञासालाई अध्यक्षले बनाएको प्रतिवेदन भनेर पन्छिनु आफैमा गैरजिम्मेवारीपन देखियो । कोषाध्याक्ष्ँ र अध्यक्षको वीच तालमेल नहुनाले नेतृत्व पुर्ण रुपमा चुकेको देखिन्छ । यति मात्र होइन, अधिवेसनको बन्द सत्र सञ्चालन गर्दा र बन्द सत्रमा विवाद हुदा अध्यक्षले मिलाउनु पर्ने फिप्नाको अधिवेसिनमा संघिय परिषदको सभामुखलाई जिम्मेवार दिएर विवाद थप चर्कदै जानुले नेतृत्वको गम्भिर कमजोरी देखिएको छ । यस्तो परिस्थिति आउन सक्छ भन्ने थाहा हुँदाहुदै पनि यस बारेमा सोच्न नसक्नु नेतृत्वको असक्षमता हो ।
यस पटकको अधिवेसन एकातिर नेतृत्वको आफनै कमजोरी हुनु त्यसमा पनि पहिलेदेखि नै नेतृत्वलाई असफल पार्नका लागि कार्य समितिका केही सदस्यहरु नै खुलेर लाग्नु सिंगो कार्यसमितिको लागी दुभाग्र्य हो । नेतृत्वले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्टि देखिएका कार्यसमितिका सदस्यहरुले आफनो असन्तुष्टि सामाजिक सञ्जालमा पोखाएका छन् । नेतृत्व गर्नेले सबै संस्थाका सदस्यलाई समेट्न नसक्नु र एक्लौटी निर्णय गरेको आरोप लगाइरहदा कार्य समितिमा असन्तुष्टि राख्नेहरुले बैठकहरुमा किन बोल्न सकेनन ? किन कुरा उठाउन सकेनन् ? त्यो कुरा उठाउनका लागि किन अधिवेसन नै कुर्नुृ परेको हो ? के यस्ता कुरालाई अध्यक्षले बल मिच्याई गरेकै हो त ? होइन भने उनीहरुलाई एकलौटी गरिएको भनिएको निर्णयलाई मान्न के ले बाध्य बनायो ? अध्यक्षले गरेको निर्णयलाई कार्यसमितिका सदस्यहरुले मान्नु भनेको त्यो निर्णयलाई समर्थन गर्नु हो । अध्यक्षले गरेको कुनै पनि निर्णय आदिवासी जनजाति समुदायको संस्था फिप्नाको मुल्य मान्यता बिपरित र समग्र समुदायको हितमा थिएन भने त्यस्ता निर्णयको विरुद्द बोल्ने आँट यस अघि किन गरिएन ? के सँच्चै नेतृत्वले दवाएको थियो ? कुनै पनि पदमा बसि सकेपछि अधिकारसगै दायित्व पनि जोडिएर आएको हुन्छ भन्ने कुराको ख्याल गर्नु जरुरी छ, जिम्मेवारी पूरा गर्न सकिएन भने मलाई अधिकार दिइएन भनेर नेतृत्वलाई दोषी देखाएर आफु पानीमाथिको ओभानो बन्ने कोसिष गर्नु र सामाजिक सञ्जालमा रोइलो गर्नुको कुनै तुक छैन ।
व्यक्ति भन्दा संस्था सधै माथि हुनुपर्छ भन्ने मान्यतालाई फिप्ना नेतृत्वले पनि मनन् गर्नु पर्दछ । व्यक्तिगत अहंम त्यागेर समग्र समुदायको हितलाई सर्वोपरी ठानेर सबै जना एक ठाउमा बसेर उब्जिएका विवादको समाधान खोज्न जरुरी छ । निर्वाचन स्थगित हुनु भनेको समग्र जनजातिहरुका लागि दुखद घटना हो, यो दुखद स्थिति सिर्जना हुनुमा नेतृत्ववर्ग र सबै सदस्य संस्थाहरुले नैतिक जिम्मेवारी लिनुपर्छ । अहिले जनजाति संस्थाको अस्तित्वमाथि अन्य समुदायले प्रश्न गर्ने स्थिति पैदा भएको छ । यस्तो अवस्थामा एकले अर्कालाई आरोप प्रत्यारोप भन्दा पनि के कसरी अगाडि बढेमा समग्र समुदायको मागलाई सम्बोधन गर्न सकिन्छ र सबै समुदायलाई एक ढिक्का बनाएर लैजान सकिन्छ भन्ने तर्फ सबैको ध्यान जान जरुरी छ । जुनसुकै संस्था पनि विधि विधान र प्रकृयागत ढंगबाट चल्नुपर्छ । संस्थाको विधानमा उल्लेख गरिएको कुरालाई मान्दिन भनेर हठ राख्नु भनेको कुनै पनि समुदायको लागि लाभदायी हुँदैन । त्यसैले, अहिले देखिएको विवाद समाधान गर्ने उत्तम विकल्प भनेको सबै जनाले आ–आफनो हठ र अहंम त्यागेर टेबलमा बसेर समाधान खोज्नुको विकल्प छैन ।
प्रवासको भूमिमा आएर जातिय भाषा, धर्म, संस्कृति र हक अधिकारको लागि गोलवद्द हुुँदै छुट्टै पहिचान बनाउन अगाडि बढिरहेको संस्थामा यस किसिमको विवाद आउनु आफैमा दुर्भाग्यपूर्ण कुरा हो । संस्थामा कोही कसैको नेतृत्वलाई स्वीकार गर्दिन भन्नु र उसले गरेको कामलाई सफल हुन नदिनु भनेको समग्र समुदाय र संस्थाको लागि हितकर हुँदैन । कुनै पनि व्यक्तिका कारण कार्यसमितिका सदस्यहरुबीच नै फुट्को स्थिति आउनु झनै दुर्भाग्यपूर्ण कुरा हो । यस्ता फुट् के कारणले उत्पन्न भएको हो ? यी प्रश्नहरुको जवाफ खोज्ने बेला भएको छ । त्यसैले, अहिले समग्र समुदायको सर्वोपरी हितलाई ध्यानमा राखेर यो विवाद समाधानको लागि सबैले आ–आफनो अहंम त्याग्न जरुरी छ । नत्र व्यक्ति व्यक्तिको अहंमका कारण उब्जिएको विवादको मारमा समग्र जनजाति पर्ने निश्चित छ र अन्य समुदायको अगाडि आदिवासी जनजातिले प्रवासमा आएर पनि हार व्यहोर्नु पर्ने अर्को दुर्भाग्यपूर्ण स्थितिको सामना गर्नु पर्ने छ । त्यसैले समयमा नै यसको निकासका लागि सबै जातिय संस्था एकजुट भएर विधानसम्मत ढंगले निर्वाचन गरेर समाधान खोज्न जरुरी छ । हामी आदिवासी जनजातिहरु किन पछि परेको भन्ने कुरा खोज्दै जाँदा यस्तै स–सानो कुरामा अल्झिएर आपसमा झै झगडा गरेर नै पछि परेको भनेर सवैले बुझनु जरुरी छ । समय र परिस्थिति नियाल्ने हो भने, कहाबाट कहा पुगिसक्यो कति परिवर्तनहरु भइसक्यो तर अमेरिकामा आएको जनजातिहरु अझै पनि आपसमा यसरी जुधेर दुनियाँलाई रमिता देखाएर लज्जाबोध गराउनु दुखद पक्ष हो । हामी आदिवासीको मुद्धासंगै अघि बढ्ने हो भने मनमा स–सानो अहंम पालेर होइन, अहंम त्यागेर, मनलाई फराकिलो बनाएर सवैलाई समेट्न सक्ने गरी एक ढिक्का भएर अघि बढ्नुपर्छ ।