२६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026

मिस शेर्पाका प्रतिस्पर्धीले देखाए प्रतिभा, फाइनल शुक्रबार [हेर्नुस फोटोमा]


१२ पुस २०७४, बुधबार  

0
Shares

काठमाडौं । चौथो मिस शेर्पा प्रतियोगिताका प्रतिस्पर्धीहरुले बुधबार आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजित कार्यक्रममा १२ जना प्रतिस्पर्धीले अआफ्नो प्रतिभा प्रस्तुत गरे ।

कार्यक्रममा प्रतिस्पर्धीले गायन, नाच, स्पिचजस्ता प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतिभा प्रस्तुति कार्यक्रममा व्यक्तित्व विकासका प्रशिक्षक थेन्डुप शेर्पा, मिस शेर्पा २०१२ छिमी शेर्पा, होटल व्यवसायी फेसन इभेन्टका समीर क्षत्री, कलाकार सुशान्त कार्की निर्णायकको भूमिकामा थिए ।

डिपास इन्टरनेसनलले आयोजना गरेको मिस शेर्पा प्रतियोगिता भने यही पुस १४ गते शुक्रबार काठमाडौंको तीनकुनेस्थित रोलय इभेन्ट्समा हुने डिपासकी प्रबन्ध निर्देशक पासाङ शेर्पा छेल्हामुले जानकारी दिइन्।

प्रतिभा प्रस्तुति कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष एडी शेर्पा लामालगायत शेर्पा समूदायका पर्यटन व्यवसायी, कलाकार, उद्योगीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ पुस २०७४, बुधबार  ६ : ५२ बजे