१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

प्रचण्ड सपरिवार पुगे देवघाट


२० पुस २०७४, बिहिबार  

0
Shares

भरतपुर, २० पुस। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार प्रसिद्भ धार्मिक तथा पर्यटकीय केन्द्र देवघाटकाे भ्रमण गरेका छन्।

भरतपुर महानगरकाे परिषदलाई उद्घाटन गर्न चितवन अाइपुगेका प्रचण्डले बिहीबार बेलुका परिवारसहित देवघाट भ्रमण गरेका हुन्।

भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले देवघाटका धार्मिक तथा पर्यटकीय स्थलहरुकाे अवलाेकन गरे। साे क्रममा प्रचण्डले स्थानीय र देवघाटधामका बटुकहरुसँग फाेटाे खिच्नुका साथै व्यवस्थापन समितिका पदाधिकारीहरुसँग संक्षिप्त अन्तरक्रिया गरे।

भ्रमणका क्रममा प्रचण्डले देवघाटलाई नेपालकाे धार्मिक पर्यटनकाे केन्द्र बनाउन अाफूले सक्दाे पहल गर्ने बताए।

प्रकाशित मिति : २० पुस २०७४, बिहिबार  ७ : २२ बजे