७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

डा गोविन्द केसी पक्राउप्रति अमेरिकामा रहेका नेपाली चिकित्सकको विरोध


२७ पुस २०७४, बिहिबार  

0
Shares

न्युयोर्क । अमेरिकामा रहेको नेपाली चिकित्सकहरुको संस्था एसोसिएसन अफ नेपाली फिजिसियन्स(एन्पा)ले डा गोविन्द केसी पक्राउको विरोध गरेको छ ।

एन्पाले विज्ञप्ति जारी गर्दै नेपालमा मेडिकल शिक्षालाई सर्वसुलभ बनाउन लड्दै आएका केसीलाई पक्राउ गर्नु खेदजनक कार्य भएको एन्पाले जनाएको छ ।

एन्पाका अध्यक्ष विनय श्रेष्ठ र सचिव सुनिता अर्यालद्वारा जारी विज्ञप्तिमा केसीको मागमा समेत अदालतले सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ ।

अदालतको मानहानि गरेको भन्दै डा केसीलाई पक्राउ गरिएको थियो । सर्वोच्चले केसीलाई फागुन ८ गते हाजिर हुने गरी तारेखमा छाडेको छ । यता केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनशन जारी राखेका छन् ।

डा केसीको मुद्दा सुनुवाईसँगै डा केसीको मागलाई सम्बोधन गर्दै सर्वोच्चले प्रधानन्यायाधीस पराजुलीका नागरिकता र एसएलसीको प्रमाणपत्रमाथि छानबिन गर्ने बाटो खुलेको छ ।

 

 

 

प्रकाशित मिति : २७ पुस २०७४, बिहिबार  ८ : १७ बजे