१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

माओवादीको तेजाबले दृष्टिविहिन भएका शर्मा राष्ट्रियसभा सदस्यका उम्मेदवार


९ माघ २०७४, मंगलबार  

0
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले प्रदेश ६ मा अपाङ्ग तथा अल्पसंख्यकबाट गोपालप्रसाद शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

शर्मालाई तत्कालीन माओवादीले युद्धमा दुबै आँखामा तेजाब प्रहार गरेका थिए। त्यसयता शर्मा दृष्टिविहिन भए। रुकुम खोलागाउँ–९ का शर्मालाई गाउँकै माओवादी कार्यकर्ताले ज्यान लिने उद्देश्यले आक्रमण गरेका थिए।

विसं २०५५ पुस महिनाको एक साँझ पाहुना बनेर आएका माओवादी कार्यकर्ताले आँखामा तेजाव र मट्टितेल छर्केर आगो लगाएका थिए। माओवादीले उनका दुवै आँखामा तेजाव छर्कंदा आँखाका ज्योति गुमेको थियो।

५७ वर्षीय शर्माको परिवारलाई त्यतिबेला माओवादी कार्यकर्ताले गाउँ निकाला गरी कब्जा गरेको थियो। नेपाली काँग्रेसका तर्फबाट गाविस अध्यक्षसमेत भइसकेका शर्मा महाधिवेशन प्रतिनिधि हुन्।

प्रकाशित मिति : ९ माघ २०७४, मंगलबार  ८ : १७ बजे