६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

राष्ट्रिय सभा सदस्यको निर्वाचन अाज, ३२ सदस्यका लागि ५२ जना मैदानमा


२३ माघ २०७४, मंगलबार  

0
Shares

काठमाडौं ।  अाज राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण  तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ।

प्रत्येक प्रदेशमा रहेको उच्च अदालत भएको स्थानमा बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म मतदान हुने छ।

राष्ट्रियसभामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूदायबाट एक र खुल्ला तीन गरी एक प्रदेशबाट आठ जना सदस्य निर्वाचित गर्नु पर्ने छ।

एक प्रदेशमा आठ गरी सातै प्रदेशमा जम्मा ५६ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेमा यसअघि २४ सदस्य निर्विरोध निर्वाचि भइसकेका छन्।

बाँकी रहेका ३२ जना सदस्यका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्थानीय तह र प्रदेशसभा सदस्य गरी कुल २ हजार ५२ जना मतदाता रहेका छन्।

प्रदेश सभा २ का सम्पूर्ण सदस्य निर्वाचित भैसकेपछि अब अन्य ६ प्रदेशका स्थानीय तहका एक हजार २ सय ३४ र प्रदेश सभाका ४ सय ४३ जना गरी १ हजार ६७७ जनाले मतदान गर्ने छन्।

 

को को निर्विरोध?

प्रदेश १

रमेशजंग रायमाझी कांग्रेस
परशुराम मेघी गुरुङ एमाले
हरिचरण शिवाकोटी एमाले
सरिता प्रसाई कांग्रेस
नैनकला ओझा एमाले
विना पोखरेल माओवादी

प्रदेश २

जितेन्द्र नारायण देव कांग्रेस
सुमनराज प्याकुरेल एमाले
रमेशप्रसाद यादव राजपा
वृषेशचन्द्र लाल राजपा
रामपृत पासवान फोरम
मुक्ता कुमारी यादव कांग्रेस
शशिकला दाहाल माओवादी
प्रमिला कुमारी फोरम

प्रदेश ४

प्रकाश पन्थ कांग्रेस

प्रदेश ५

अनिता देवकोटा कांग्रेस
कोमल वली एमाले
मिना बुढा एमाले

प्रदेश ७

बद्री पाण्डे कांग्रेस
शेरबहादुर कुँवर एमाले
हरिराम चौधरी माओवादी
तारादेवी भट्ट कांग्रेस
इन्दु कडरिया एमाले
कमलाकुमारी ओली एमाले

प्रकाशित मिति : २३ माघ २०७४, मंगलबार  ८ : ०५ बजे