६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

डालास टेक्सासमा पहिलो पटक ल्होछार


Ang

४ फाल्गुन २०७४, शुक्रबार  

0
Shares

एभरेष्ट टाईम्स / डालास, टेक्सास्
तामाङ सोसाईटी अफ उत्तर अमेरिका, डालास टेक्सासले २८५४औ खि-ल्हो ल्होछार पर्वलाई एक भव्य कार्यक्रमको आयोजना गरी मनायो । पहिलो पटक आयोजित ल्होछार कार्यक्रममा तामाङ समुदायसँगै ल्होछार पर्व मनाउन अन्य विभिन्न समुदायको उपस्थिति रहेका थिए । कार्यक्रममा तामाङ साथीहरुकै मद्दतबाट ल्होछारमा आईपुगेका एक जोडी मेक्सिकन अमेरिकन पनि निकै रमाइरहेका थिए । पहिलो पटक देखिएको सेलो नाचको चालहरु उनीहरुको मौलिक नाचसंग मिल्न गएको बताउदै उनीहरुले एकै स्वरमा भने, ‘नेपाली खानाको स्वाद पनि हाम्रै जस्तो लाग्यो’ । घिमिरे थरका नेपाली बिध्यार्थी पनि आफना केहि साथीहरुसँग सेलोको तालमा नाचीरहेका थिए । उनले भने, ‘आज चाही नेपाल पुगेको जस्तै लाग्यो ‘ । तामाङ युवायुवतीहरुको मौलिक तामाङ पहिरन र साँस्कृतिक चहलपहलले वातावरणमा रौनाकता थपेको थियो ।

ल्होछार कार्यक्रममा रमाई रहेका मेक्सिकन अमेरिकन दम्पती

डालासको अर्भिङमा गत फेब्रुअरी १० तारिख साँझ सम्पन्न ल्होछार कार्यक्रमको प्रमुख अतिथी उत्तर अमेरिकी तामाङ समाजको केन्द्रिय अध्यक्ष लक्यान लामा थिए । आयोजक सस्थाका अध्यक्ष छिरिङ तामाङले सभापतित्व गरेको कार्यक्रममा लामा गुरुद्वय अमर बहादुर लामा र साङदोर्जे लामा सहित अतिथिहरुमा नेपाली समाज टेक्सासका महासचिव भक्त भन्डारी, पलयुल जङछुब धर्क्यालिङ, डल्लासका संयोजक छिरिङ लामा, व्यवसायी तथा सामाजिक अभियन्त पासाङ लामा, युवा व्यवसायी तथा तामाङ डाटाबेसका संस्थापक मिङमार तामाङ, डल्लास एभरेष्ट लाईन्स क्लबका अध्यक्ष बिएन पन्त, उत्तर अमेरिकी तामाङ समाजका सञ्चार संयोजक ङिमा पाख्रिन लगायतका थिए । अतिथीहरुको आसनग्रहण पश्चात परम्परा र बिधी अनुसार धार्मिक लामा गुरुबाट मन्त्र वाचन सहित शुरु भएको औपचारिक कार्यक्रममा लामा गुरुसँगै प्रमुख अतिथी लक्यान लामाले छ्योमे (बत्ती) बालेका थिए । नेपाल र अमेरिकाको राष्ट्रिय गानासँगै तामाङ जागरण गीत प्रस्तुत गरिएको कार्यक्रममा संयोजक धना दोङले उपस्थित सबैलाई औपचारिक स्वागत गरेकी थिईन् ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि लक्यान लामाले तामाङ समुदायले अमेरिकाका बिभिन्न राज्यहरुमा आफनो संघ संगठन बिस्तार गर्नु कुनै अन्य जाति वा धर्मको बिरुद्धमा नभएर तामाङहरुले आफनो पुर्ख्यौली मौलिक परम्परालाई अमेरिकामा पनि संरक्षण र सम्बर्धन गर्दै तामाङ जातिको मुल्य र मान्यतालाई बचाई राख्नाको लागि हो भनेर प्रष्ट्याए । यसका अलवा बिभिन्न राज्यमा छरिएर रहेका तामाङहरुलाई संस्थागत आवध्द गरी एक आपसमा चिनाजान र आपतविपतमा सरसहयोग गर्नलाई पनि संस्थाको महत्वपुर्ण भूमिका हुने उनले बताए । लामाले हाम्रो पछिल्लो पिडीका लागि बलियो आयाम बनाई राख्नाको लागि पनि हामी संगठीत हुन जरुरी भएको औल्याए । अमेरिकामा सफल युवा ब्यवसायीको रुपमा परिचित पासाङ शेर्पाले शुभकामना मन्तब्यको क्रममा डालासमा तामाङ समुदायको यो जागरण र एकताले त्यहाँको बुध्दिष्ट कम्युनिटीलाई समेत थप टेवा पुग्ने बिश्वास राख्दै तामाङ सोसाईटी अफ उत्तर अमेरिका, टेक्सासलाई आवश्यक पर्दा सहयोग गर्न आफू सधै तत्पर रहने बताए । शुभकामना मन्तब्यकै क्रममा अर्का युवा ब्यवसायी तथा तामाङ डाटाबेसका संस्थापक मिङमार तामाङले नेपालबाट टाढा अमेरिकामा पनि तामाङ जातिको साास्कृतिक पर्व ल्होछार औपचारिक रुपमा मनाएको देख्दा आफूलाइ गर्व लागेको बताए । तामाङ समुदायमा अव साँस्कृतिक जागरण सँगसँगै शैक्षिक, आर्थिक र राजनीतिक जागरण पनि हुदै जानु आवश्यक रहेको उनले औल्याए ।

उत्तर अमेरिकी तामाङ समाजका अध्यक्ष लक्यान लामा

आयोजक संस्थाका सदस्य सूर्य मोक्तानले सँचालन गरेको औपचारिक चरणको समापन गर्दै सभापति छिरिङ लामाले अमेरिकामा लगभग दुई दशक बसाई पछि यसरी आफनो तामाङ समुदाय बिच संगठित भएर काम गर्न पाएकोमा खुशी ब्यक्त गर्दै यसका लागि सहयोग पुर्‍याउने सबैलाई आभार ब्यक्त गरे । समुदायको सदस्यहरुमा भएको उर्जाशील शिर्जनात्मक प्रतिभा प्रस्फुरणको लागि पनि संस्थागत हुन आवश्यक्ता महसूस गरी स्थापित संस्थाले कुनै दलगत राजनीतिक पृष्ठपोषण नगर्ने र आफ्नो जातिय मौलिक परम्परा, संस्कार र सँस्कृतीको जगेर्ना गर्न लागि पर्ने उनले जानकारी दिए । कार्यक्रममा नेपाली समाज टेक्सासका महासचिव भक्त भन्डारी, पलयुल जङछुब धर्क्यालिङ, डल्लासका संयोजक छिरिङ लामा, डालास एभरेष्ट लाईन्स क्लबका अध्यक्ष बिएन पन्त लगायतले शुभकमना मनतब्य राखेका थिए ।

आयोजक संस्थाका अध्यक्ष छिरिङ लामा

दोस्रो चरणको कार्यक्रममा रानु पाख्रिन, लासाङ दोङ, अनुशा लामा, ईन्दु पाख्रिन, रजनी योन्जन, माया योन्जन, धना दोङ, अनुश्रीया त्रिपाठी, सोनाम योन्जन, मिङमा लामा, जेनी दोङ लगायतका स्थानिय कलाकारहरुबाट लगभग एक दर्जन जति आकर्षक सोलो तथा सामुहिक नृत्यले धेरैको मन बहलायो । अधिकांश कलाकारहरु समुदायकै सदस्यहरु थिए । स्थानिय युवाहरु शंकर तामाङ, राजन लामा र अंकित थापा सम्मिलित वाको नेपाली ब्यान्डको लाईभ प्रस्तुतीले युवाहरुको मन ताने र वाहवाही र वान्स मोर पनि गुञ्जिए । उनीहरुले ‘नाचीदेउ मैच्याङ’, ‘आाखैमा झलझली’, ‘सोह्र बर्षे उमेरैमा’ लगायतका गीतहरु प्रस्तुत गरेका थिए । अतिथि गायक सन्जोक योन्जनको सदाबहर ‘आलु र तामा हजुर’ बोलको गीत र गायक सागर वाईबाको आफनो प्याट्रनका साईकोले, मानेदोरा, म्हेन्दोमाया लगायत सेलो गाउदा सबैले नाचेर रमाइलो गरेका थिए ।

तस्विरहरु: शंकर वाइवा तामाङ

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार  १२ : ४८ बजे