५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

फाउण्डेसनद्धारा शेर्पा केन्द्रलाई शववाहन ट्रक सहयोग


Ang

१८ फाल्गुन २०७४, शुक्रबार  

0
Shares


नेपालको सामाजिक क्षेत्रमा सहयोग पुर्‍याउदै आएको शेर्पा फाउन्डेशनले शेर्पा सेवा केन्द्रलाई २२ लाख मा किनेको शववाहन ट्रक सहयोग स्वरुप प्रदान गरेको छ । फाउण्डेसनका सस्थापक पेम्बा तेन्जिङ शेर्पाले उक्त ट्रकको साचो शेर्पा सेवा केन्द्रका अध्यक्ष तथा कार्यसमितिलाई हस्तन्तरण गरेको छ । शेर्पा केन्द्रमा धार्मिक तथा सामाजिक कार्यको लागी सहयोग गर्ने क्रममा शववाहन ट्रकको आवश्याक भएकोले फाउण्डेसनले उक्त सहयोग गरेको पेम्बाले बताए ।
कोलोराडो निवासी पेम्बाले सन २०१५ को मे महिनामा शेर्पा फाउण्डेसन स्थापना गरेको हो । उनले फाउण्डेसन मार्फत अमेरिकाबाट भुकम्प पिडित, बाढि पिडित र आगलागी पिडितको लागी सहयोग गदै आएको छ । विदेशमा बस्ने नेपालीहरु मध्येमा पछिल्लो समय भुकम्प पिडितको सेवामा फाउण्डेसन मार्फत पेम्बाले पुर्‍याएको योगदानको कदर स्वरुप नेपाल सरकारले उनलाई गत वर्ष राष्ट्रपतिबाट जन सेवा पदवी सम्मान दिएका थिए ।
फाउण्डेसन मार्फत नेपालको हिमाली क्षेत्रको शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा सहयोग गर्दै आउनुको साथै वृद्धाहरुको लागी सहयोग गदै आएको उनले बताए । ‘ अहिलेसम्म मैले गदै आएको सामाजिक सेवालाई सबैतिरबाट प्रोत्साहन मिलेको छ ‘ पेम्बाले भने’ अब दुर्गम सोलुमा गर्भवती महिलाको सहयोगको लागी सोताङमा बनाउन लागेको प्रसुति गृहलाई सहयोग गर्ने मेरो योजना रहेको छ’ । उनलाई स्थानीय चिकित्सक डा कुन्साङ डोल्मा शेर्पाले सोताङमा बनाउन लागेको प्रसुति गृह निर्माण सहयोगको लागी अनुरोध गरेकोले यो योजना बनाएको बताए । ‘ मेरो सामाजिक सेवाको भावनालाई अमेरिकन मित्रहरुले विश्वास गरेकोलेनै सोचेको सामाजिक कार्यहरु सफल हुदै आएको छ’। पेम्बाले बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार  ९ : ४० बजे