११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

एनआरएनए डे मा हस्तन्तरण गर्ने लाप्राक बस्ती चिट्टा मार्फत छुट्टयायो ।


Ang

२३ फाल्गुन २०७४, बुधबार  

0
Shares

गैरआवासीय नेपाली संघ ( एनआरएनए) ले पुनर्निर्माण कार्यमा स्थानीयको सहयोग र निर्माणाधीन आवासमा अपनत्व जगाउन गोरखाको लाप्राकमा निर्माणाधीन बस्तीका भूकम्पपीडितलाई चिट्टा मार्फत घरहरु छुट्याइ दिएको छ ।
एनआरएनएसग एक वर्षअघि घर निर्माणसम्बन्धी सम्झौता गरेका भूकम्पपीडित परिवारलाई चिट्टा मार्फत आ-आफनो घर छुट्याइ निर्माणमा सहयोग गर्न आग्रह गरिएको हो । सम्झौतामा घरको जगमा केही सामग्री उपलब्ध गराउनुपर्ने उल्लेख छ । घरको स्वामित्व छुट्याउन गोरखाको लाप्राक पुगेका एनआरएनए अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली दिवसको अवसरका औपचारिक हस्तान्तरण गर्ने लक्ष्य राखेर निर्माणमा उत्साह थप्न घरधनीलाई स्वामित्व हस्तान्तरण प्रकृया थालिएको बताएका छन ।
‘अहिले घर आधिकारिक रूपमा हस्तान्तरण गरेकोभन्दा पनि पुनर्निर्माणमा भूकम्पपीडितको आफनोेपन होस् भनेर छुट्याइएको हो,’ अध्यक्ष भट्टले भने, ‘पुनर्निर्माणमा आफनो घरमा लाभग्राहीको थप सहयोग हुने अपेक्षा गरेका छौं ।’
निर्माणाधीन ५ सय ७३ वटा घर निर्माण सम्पन्न हुने बित्तिकै हस्तान्तरण गर्ने गरी हाललाई छुट्याइएको हो । ‘आफनो निर्माणाधीन भवन र लाप्राक नमूना बस्ती मेरो पहिलो प्राथमिकता हो र त्यसका लागि हामी दिन रात नभनी यसमा खटेका छौं ,यसपछि अन्य थुप्रै योजना अगाडि बढेका छन,’ भट्टले भने ।
एनआरएनए महिला उपाध्यक्ष सपिला राजभण्डारीले अक्टोबरमा रहेको एनआरएनए डेका अवसरमा लाभग्राहीलाई हस्तान्तरण गर्ने गरी निर्माण समाप्त गर्ने गरी अहिले धमाधम काम भइरहेको बताइन ।
एनआरएनएले पुनर्निर्माणका लागि काठ सहयोग गरी दिन लाभ ग्राहीसाग सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार आफूले पाउने घरप्रति अपनत्व होस् र पुनर्निर्माणमा सहयोग पुगोस् भनेर अहिले नै घर हस्तान्तरण गर्न लागिएको हो । हाल निर्माण गरिएका घर क्लस्टरअनुसार छुट्याइएको छ । नमूना बस्तीमा ‘ए’ देखि ‘पी’ सम्मका क्लस्टर छन । हरेक क्लस्टरमा फरक-फरक किसिमको घर छन ।
चिट्टा प्रक्रिया निष्पक्ष होस् भनेर गाउपालिका, नेपाली सेना र एनआरएनएले छनोट भएका घर र सेवा ग्राहीको नाम राख्ने व्यवस्था मिलाइएको छ । तीन वटा निकायले नाम राखेका र अनुगमन गरेको कारण पनि निष्पक्ष रूपमा बाडफाट हुने एनआरएनएको भनाइ छ । नागरिकता, भूकम्प पीडित कार्ड र सम्पर्क ठेगाना लिएपछि निर्माण सम्पन्नपछि मात्र आधिकारिक रूपमा हस्तान्तरण गर्ने योजना बनाइएको छ ।
संघले लाप्राक नमूना बस्ती गुरुयोजना, घरको डिजाइन र लागतबारे समेत यसअघि नै स्थानीयवासीलाई जानकारी गराइसकेको छ । नेपाल सरकारले बनाएको मापदण्डअनुसार तयार पारिएका यी घर भूकम्प प्रतिरोधी र स्थानीय परम्परा झल्किने खालका रहेका छन्। यस अभियानमा स्थानीय, एनआरएनए र नेपाली सेनाको निरन्तर सहयोग रहदै आएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार  ८ : ५२ बजे