२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

इयूलाई प्रधानमन्त्री ओलीको चेतावनीः नेपाललाई हेप्ने काम नगर


११ चैत्र २०७४, आइतबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यूरोपीयन यूनियनका नाममा नेपालको सामाजिक प्रवन्ध, संवैधानिक व्यवस्था र उपलब्धीहरुलाई कम नआक्न चेतावनी दिएका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)ले प्रतिनिधिसभा तथा प्रदेसभा सदस्यको निर्वाचन पर्यवेक्षणको मूल प्रतिवेदन लोकार्पण गर्दै आज प्रधानमन्त्री ओलीले उक्त कुरा बताए ।

ओलीले इयूले निर्वाचनको पर्यवेक्षणका क्रममा तयार पारेको प्रतिवेदन तत्काल सच्याउन आग्रह गरेका छन् ।

‘इयूका नाममा आएको प्रतिवेदन सच्याउन सरकारले आग्रह गरेको तर उसले झन जिद्धी गरे जस्तो छ’ ओलीले भने ‘म फेरी आग्रह गर्न चाहन्छु, यो प्रतिवेदनमा पुनर्बिचार गर्नुहोस ।’

प्रतिवेदनले नेपाललाई हेप्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीले पर्यवेक्षणका नाममा आएका केही ‘धर्म प्रचारक’ पर्यवेक्षकलाई नेपालले फिर्ता पाठएको प्रतिशोध पर्यवेक्षण प्रतिवेदनमा साँध्नु उपयुक्त नहुने बताए । नेपालको लोकतन्त्रप्रतिको निष्ठामा कसैले आशंका नगर्न भन्दै प्रधानमन्त्री ओलीले सम्झाए ।

‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठा अरुभन्दा कम छैन’ ओलीले भने ‘हामीलाई लोकतन्त्र र समावेशीताको पाठ सिकाउनेहरुले नेपालमा भन्दा १÷२ प्रतिशत कम भए पनि नीति निर्माण तहमा महिलाको संख्या देखाउन सक्क्छन् ?’ ओलीले गरिब छन् भनेर नेपालीलाई हेप्न र जे गरे पनि हुन्छ मानसिकता त्याग्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

‘नेपालमा मतदाता सचेत छन् । ८० प्रतिशत मतदाताले लोकतन्त्रप्रतिको निष्ठा देखांउदै मतदान गरे’ उनले भने ‘केही मत बदर भयो । तर मतदानमा सहभागी हुनु भनेको आम जनताले लोकतन्त्रप्रति गरेको सम्मान हो ।’

निर्वाचन आयोगलाई शसक्तिकरण गर्न आवश्यक भएको ओलीको भनाइ छ । आयोगको विश्वशनीयता बढाउन निष्पक्ष भूमिकामा पनि जोड दिनुपर्ने उनको भनाइ छ ।

‘कसैको दबाबमा परेर आयोगले निर्वाचनको दौरानमा केही नाजायज काम ग¥यो’ प्रधानमन्त्री ओलीले भने ‘यस्ता काम भविष्यमा दोहोरिनु हुदैन ।’

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतबार  ३ : ३३ बजे