३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026

वैशाख ९ मा होस या १८ मा, पार्टी एकता तत्काल हुन्छ: खनाल


१ बैशाख २०७५, शनिबार  

0
Shares

विराटनगर। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता तत्काल हुने बताएका छन्। शनिबार विराटनगर विमानस्थालमा सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले वैशाख ९ मा होस या १८ मा, अब पार्टी एकीकरण तत्काल हुने बताएका हुन्।

‘वैशाख ९ मा होस या १८ मा, अब पार्टी एकीकरण तत्काल हुन्छ,’ खनालले भने । एमाले र माओवादी बिच बैशाख ९ मा एकता हुने घोषणा भैसकेको छ। यद्यपी नेतृत्वो व्यवस्थापनको जिम्मा पाएको पार्टी एकता संयोजन समितिको बैठक भने पटक पटक सर्दै आएको छ।

यस्तो अवस्थामा पार्टी एकता भाँडिने होकी? जवाफमा खनालले भने, ‘अब दुई पार्टीको एकतालाई यो धर्तीको कुनैपनि तागतले रोक्न सक्दैन।’

पार्टी एकीकरणका लागि राजनीतिक प्रतिवेदन र संगठनसम्वन्धी अन्तरिम विधान तयार भइसकेको उल्लेख गर्दै नेता खनालले त्यसमा सानातिना समस्या भए दुई दलको वैठक वसेर समाधान गर्न सकिने बताए।

 

 

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार  ६ : ३९ बजे