लुम्बिनीमा शान्ति र्‍याली, प्रधानमन्त्री ओली सहभागी

२०७५ बैशाख १७, सोमबार ०९:४५

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली २५६२ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले सोमबार बिहान आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी भएका छन् ।

लुम्बिनीबाट सुरु भएको शान्ति र्‍यालीमा करिव २० मिनेट प्रधानमन्त्री सहभागी भएका थिए । र्‍यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी भए ।

त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिरको निरीक्षण गरेका थिए भने अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको निरीक्षण गरे ।

आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी पुगेका प्रधानमन्त्री सोमबार नै काठमाडौं फर्कने कार्यक्रम छ ।

सम्बन्धित समाचार