अमेरिकामा रहेका नेपाली युवाहरुलाई जागरुक गराउने उद्धेस्यले स्थापित युनाइटेड नेपालिज एसोसियसन (युएनए) को तेस्रो सम्मेलन यही मे महिनाको २६ र २७ तारिख टेक्सासको अर्भिङस्थित सेराटन होटलमा हुने भएको छ ।
सम्मेलनमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समितिका निवर्तमान अध्यक्ष शेष घले प्रमुख वक्ताको रूपमा आउने भएको युएनएको सस्थापक अध्यक्ष पासाङ लामा शेर्पाले बताए । ‘ अमेरिका बासी युवा जनशक्तिको भावना अनुरुप हामीले विभिन्न राज्यमा यो सम्मेलन गदै आएको हो’ अध्यक्ष शेर्पाले भने ‘ नेपाली अमेरिकन युवा केन्द्रित यो सम्मेलनले विभिन्न क्षेत्रलाई समेटने छ ’ ।
३ बर्ष देखि अमेरिकामा हुदै आएको युएनएको पहिलो सम्मेलन क्यालिफोर्नियामा भएको थियो भने दोश्रो सम्मेलन टेक्सासको ड्यालस मै भएको थियो । हरेक साल यही समयमा हुदै आएको यो सम्मेलन आगामी वर्ष न्युयोर्कमा हुन लागेको अध्यक्ष शेर्पाले बताए । उनका अनुसार यस पटकको सम्मेलनमा नेपालबाट प्रदेश नम्बर १ का मुख्य मन्त्रि शेरधन राई लगायत केहि सांसद समेत आउने भएको छ ।
युवाको जिवनवृत्ति निर्देशनमा केन्द्रीत यो सम्मेलनमा खेलकुद प्रतियोगिता, मनोरञ्जनात्मक कार्यक्रम, अभिमुखीकरण, गोष्ठी कार्यशाला, बालबालिका लक्षित बिबिध कार्यक्रम हुने भएको उनले बताए । सम्मेलनमा युवाहरु माझ एनआरएनका निवर्तमान अध्यक्ष शेष घले तथा उहाका धर्म पत्नी तथा अस्ट्रेलियाकी ८ औ धनी महिला ब्यबसायी जमुना घलेको व्यवसायिक जीवनको प्रेरणादयिक कथा र अनुभवहरु सुनाउने भएको छ । विभिन्न क्षेत्रको कार्यशाला गोष्ठिको साथै साझमा मनोरञ्जत्माक सांस्कृतिक कार्यक्रम हुने भएको छ । सास्कृतिक कार्यक्रममा लोकप्रिय गायिका अन्जु पन्त आउने भएकी छिन । सम्मेलनमा अमेरिकाका विभिन्न राज्यबाट अतिथिहरुको सहाभागी हुन लागेको शेर्पाले बताए ।