१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कक्षा ११ पढ्ने सुदृष्टि राईको ‘तीज बरिलै’ सार्वजनिक


२२ श्रावण २०७५, मंगलबार  

0
Shares

काठमाडौं । सुदृष्टि राईको ‘तृतीय तिथिमा तीज बरिलै’ गीत हालै सार्वजनिक भएको छ । ११ कक्षा पढ्न लागेकी गायिका राई झापा दमककी हुन् । गीतको शब्द सुमन श्रापितले लेखेका हुन् भने बीबी अनुरागीले संगीत भरेका छन् ।

सानैदेखि गायनमा रुचि राख्ने उनले भनिन्– म गीतसंगीतमा मेहनत गर्छु ।

तृतीय तिथिमा तीज बरिलै बोलको गीतको म्यूजिक भिडियोलाई अशोक मल्लले निर्देशन गरेका हुन् भने मनी के. राईले कोरियोग्राफ गरेका छन् । रोशन श्रेष्ठको छायाँकनमा तयार भएको यो म्यूजिक भिडियोलाई अशोक मल्ल आफैंले सम्पादन गरेका हुन् । भिडियोमा सुदृष्टि राई, मेरी र सपनाले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७५, मंगलबार  ८ : ३३ बजे