३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

शेर्पा संघ अमेरिकाको प्रथम अधिवेशन सम्पन्न, निमा शेर्पाको नेतृत्वमा नयाँ कार्य समिति चयन


११ भाद्र २०७५, सोमबार  

2
Shares

न्युयोर्क । शेर्पा संघ अमेरिकाको प्रथम अधिवेशनले निमा शेर्पा ( सिन्धुपाल्चोक)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
अभिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ल्हाक्पा देण्डी शेर्पा (भोजपुर), उपाध्यक्षमा मिङमार शेर्पा (खोटाङ), महासचिवमा फुर्वा शेर्पा (सोलुखुम्बु), सचिवमा डोमा शेर्पा (सोलुखुम्बु) कोषाध्यक्षमा साङमु शेर्पा (संखुवासभा) सहकोषाध्याक्षमा आङ पासाङ लामा शेर्पा एपि (दोलखा) निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा आङछिरिङ शेर्पा (दोलखा), सोनाम गेल्बु शेर्पा ( रामेछाप), डोल्मा शेर्पा (दोलखा), गेल्बु शेर्पा (ओखलढुंग), लक्ष्मी शेर्पा (सिन्धुपाल्चोक), आङफुरि शेर्पा (सोलुखुम्बु) फुर्वाछिरि शेर्पा (दोलखा) र ग्युर्मे शेर्पा (दोलखा) निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीहरूलाई निर्वाचित पदाधिकारीहरुलाई विशेष अतिथि लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव आङ दावा शेर्पाले प्रमाणपत्र प्रदान गरे लगतै प्रमुख अतिथि बौद्ध धर्म गुरु उर्गेन टुल्कु रिम्पोचेले शपथ दिलाएका थिए ।

यसरी सम्पन्न भयो अधिवेशन

शेर्पा संघ अमेरिकाको प्रथम महाधिवेशन बौद्ध धर्म गुरु अवतारी लामा उर्गेन टुल्कु रिम्पोचेले बौद्ध परम्परा अनुसार मन्त्रोचरणसँगै दीप प्रज्वलन गरी उदघाटन गरेका थिए । गत वर्ष न्युयोर्कमा गठित तदर्थ समितिले पहिलो अधिवेशन गरेको हो । समितिका संयोजक निमा शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा धर्म गुरु टुल्कु रिम्पोचेले अबको पुस्तालाई राजनीतिक चेतना अविवृद्धिको लागि स्थापना गरेको शेर्पा संघले धर्म संरक्षणका लागि स्थापना गरेको किदुगसँग मिलेर अघि बढ्न शुभकामना दिएका थिए ।

‘हामी शान्तिप्रिय हो भन्दैमा धर्ममा मात्र एकोहोरो लागेमा हामीले पाउने कतिपय अधिकार र अवसरहरू गुम्ने भएकोले धर्मको साथै अब अन्य क्षेत्रमा पनि अघि बढ्नु पछर्,’ बौद्ध धर्म गुरुले भने, ‘विशेष गरी यही जन्मेको शेर्पाको छोराछोरीलाई अमेरिकी मूलधारको राजनीतिमा अघि बढ्न शेर्पा संघले विशेष भूमिका खेल्न सक्ने देखियो ।’

त्यस्तै विशेष अतिथिको रूपमा उपस्थित लुम्बिनी विकास कोषको पूर्व सदस्य सचिव एवं नेपाल शिक्षक संघका पूर्व उपाध्यक्ष आङ दावा शेर्पाले नेपालमा शेर्पा सेवा केन्द्र र शेर्पा संघ भनेर फरक संस्था भए पनि दुवै समूदायको हितमा आवश्यक भएकोले अमेरिका स्थापना गरेको शेर्पा संघ र लामो समयदेखिन क्रियाशील शेर्पा किदुग बीच नङ र मासुको सम्बन्ध भएकोले आपसमा मिलेर कार्य गर्नुपर्ने सुझाव दिएका थिए । शेर्पा किदुगका महासचिव तेन्डी शेर्पाले लामो समयदेखि शेर्पा समूदायको भाषा, धर्म र संस्कृति जोगाउनका शेर्पा किदुगले प्रवासमा महत्त्वपूर्ण कार्य गरेको उल्लेख गदै समय सापेक्षित रूपमा राजनीतिक चेतना जगाउनका लागि यो शेर्पा संघ स्थापना हुनु खुसीको कुरा भएको बताएका थिए ।

‘बाहिर कतिपयले शेर्पा किदुग र शेर्पा संघको बारेमा नबुझेर गलत अर्थ लगाए पनि यो शेर्पा समूदायको हितमा भएकोले सकारात्मक रूपमा बुझ्नु पर्छ’ महासचिव शेर्पाले भने । कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष तथा जम्बुलिङ शेर्वी छोक्पाको अध्यक्ष एडी शेर्पाले स्काइप मार्फत अधिबेसन सफलताको शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै शेर्पा किदुगका पुर्व बरिष्ठ उपाध्याक्ष ङवाङ शेर्पाले शेर्पा किदुग र शेर्पा संघ दुबै फरक प्रकृतिको सस्था भएकोले दुबै समुदायको लागी आवश्याक भएको बताएका थिए । कार्यक्रममा तदर्थ समितिका सदस्य पासाङ शेर्पा गोर्चा, एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर आङ ङिमा ग्याल्जेन शेर्पा, जन सम्पर्क समितिका पूर्व उपाध्यक्ष मिङमा शेर्पा , खाङरी ग्रुपका सञ्चालक ग्याल्जेन नुरु शेर्पा, शेर्पा चलचित्र निर्माता तथा कलाकार फारादेण्डी शेर्पा, एनआरएन पर्यटन संयोजक आङजाङबु शेर्पा, नेपाल अमेरिका पत्रकार संघ नेजाका पूर्व अध्यक्ष आङछिरिङ शेर्पालगायतले महाधिवेशन सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा तदर्थ समितिको कोषाध्याक्ष साङमु शेर्पाले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव ल्हाक्पा देण्डी शेर्पाले सस्थाको गतिविधिहरुको बारेमा सवैलाई जानकारी दिएका थिए ।  महासचिव ल्हाक्पादेडी शेर्पा र उदघोषिका डोमा शेर्पाले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रमपछि बन्द सत्रमा विधान मस्यौदामाथि छलफल भए लगतै निर्वाचन कमिटीले नयाँ नेतृत्व चयन गरेको घोषणा गरेका थिए । निर्वाचन कमिटीमा आङ जाङबु शेर्पाको अध्यक्षतामा नुर्बु शेर्पा, फारादेण्डी शेर्पा र छेवाङ शेर्पा लामा थिए ।

तस्बिर फोटोहेरा डटकम

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार  ८ : ३३ बजे