७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

बालबालिकालाई पूर्व राष्ट्रपति यादवको सुझाव : ठुलो हैन, असल मान्छे बन्नु


२६ भाद्र २०७५, मंगलबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

नेपालको प्रथम राष्ट्रपति डा रामवरण यादवसँग २६ स्कुलका विद्यार्थीहरुले अन्तर्क्रिया गरका छन् ।

मंगलवार राजधानीको भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डमा पाठशाला खबरले आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति यादवले विद्यार्थीहरुको चासोको जवाफ दिएका थिए ।

एलआरआई माध्यमिक विद्यायका कक्षा १० मा पढ्ने स्वेच्छा खनालले प्रश्न गरिन्, ‘नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्दा हजुरले कस्तो भुमिका निभाउनु भयो र आजका हामी विद्यार्थीलाई हजुरले कस्तो सुझाव दिन चाहनुहुन्छ ?

जवाफमा यादवले भने, ‘म जब कुनै काम गर्छु, त्यसलाई मन लगाएर गर्छु, सर्वप्रथम म सानैबाट राजनीतिमा चासो राख्दै आएको व्यक्ति हुँ, राणा शासन सुने, पञ्चायत कालमा हुर्के र राजाहरुको शासनको कुराहरु राम्रोसंग बुझेँ यो कुनै पनि हालतमा मलाई अन्य गर्नु पर्ने मनमा लाग्यो ।’

सानोमा साथीलाई गोठाला पठाएर आफु पार्टीको जुलुसमा झण्डा बोक्न गएको स्मरण गराउँद यादवले थपे, ‘आजको विद्यार्थी भोलिको कर्णधार हो, तपाईहरु ठुलो मान्छे बन्ने कहिल्यै नसोच्नु । ठुलो मान्छेमा म जेपनि गर्न सक्छु भन्ने धेरै घमण्ड हुन्छ तर असल मान्छेमा इमान्दारिता, लगनशीलता, सहयोगी भावानाको हुन्छ त्यसैले ठुलो मान्छे हैन असल मान्छे बन्ने प्रयत्न गर्नुस ।’

‘नेपालमा प्राय पढाई कमजोर भएकामात्र राजनीतिकमा लाग्छन तापाई एउटा राम्रो चिकित्सक भएर पनि किन राजनीतिमा लाग्नुभयो ?’ एक विद्यार्थीको प्रश्नमा पूर्वराष्ट्रपतिले भने, ‘हो मैले डाक्टरी पढेको छुँ, तर म नेपाली हुँ नेपाली भएको कारण नेपालको भविष्य बनाउन मेरो उत्तिकै जिम्मेवारी पर्थ्यो जति एउटा नेपाली ले नेपालप्रति गर्नु पर्ने कर्तव्य हुन्छ, त्यसैले राजनीतिमा लागें ।’

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलबार  ९ : ४१ बजे