३ माघ २०८२, शुक्रबार | Sat Jan 17 2026

‘याम्बुको शहर’मा सेलो लिएर आइन् कवि देवकी अभिलाषी


८ आश्विन २०७५, सोमबार  

0
Shares

काठमाडौं: कवि देवकी अभिलाषी सेलो गीत लिएर दर्शकमाझ प्रस्तुत भएकी छिन्। हालै उनले याम्बुको शहरमा बोलको सेलो युट्युबबाट सार्वजनिक गरेकी छन्।

 

तीन वटा कविता संग्रहकी लेखिकासमेत रहेकी उनको गीतको शब्द आफ्नै रहेको छ। उनको पहिलो गीतमा बिबि अनुरागीको संगीत रहेको छ।

 

तामाङ सँस्कृतिको लगाव सानैदेखि रहेकोले सेलो गीतमा मन गएको उनले बताइन्। दोलखा कालिञ्चोककी देवकी सामाजिक अभियन्तासमेत हुन्। कविता लेखनमार्फत साहित्यमा विशेष समय दिँदै आएकी उनी शास्त्रीय संगीतका विद्यार्थीसमेत हुन्।

 

पहिलो गीतलाई श्रोतादर्शकले मनपराउने विश्वास लिएकी उनले आगामी दिनमा पनि गायनमै निरन्तरता दिने बताइन्। ‘सानैदेखि गायनमा रुचि थियो। बल्ल त्यो धोको पुरा भयो। अब आगामी दिनमा यो यात्रा जारी राख्नेछु,’ देवकीले भनिन्।

 

लगत्तै पूर्वेली र आधुनिक गीतसमेत तयारी गरिरहेको र चाँडै रिलिज हुने उनले बताइन्।

 

 

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार  १२ : ५४ बजे