२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

भक्तपुर क्यम्पसमा अनेरास्ववियुको शुभकामना अादानप्रदान


२३ आश्विन २०७५, मंगलबार  

0
Shares

भक्तपुर । अनेरास्ववियु र अनेरास्ववियू(क्रान्तिकारी) भक्तपुर बहुमुखी क्याम्पस कमिटीकाे संयुक्त अायाेजना शुभकामना अादान प्रदान एंवम कार्यकर्ता भेला कार्यक्रम क्याम्पसकाे सभा हलमा सम्पन्न थियाे ।

कार्यक्रममा अनेरास्ववियु(क्रान्तिकारी) का केन्द्रीय सदस्य रमेश खड्का,अनेरास्ववियु भक्तपुर जिल्ला कमिटी पुर्व अध्यक्ष जयराम बास्ताेला, वर्तमान अध्यक्ष सुवास तिमल्सिना, सचिव लाल बहादुर राेकाय, अनेरास्ववियू(क्रान्तिकारी) भक्तपुरका उपाध्यक्ष विराज थापा भक्तपुर जिल्ला कमिटीका पदाधिकारीहरु क्याम्पस कमिटीका पदाधिकारीहरु लगायत बिद्यार्थीहरुकाे उत्साह जनक उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे अध्यक्षता अनेरास्ववियू(क्रान्तिकारी) भक्तपुर क्याम्पस समितिका अध्यक्ष मासबहादुर लामाले गरेका थिए ।

कार्यक्रममा उपस्थिति वक्ताहरुले बिद्यार्थी राजनीति र अबकाे समृद्धि राष्ट्र र क्याम्पसकाे शाैक्षिक स्तरउन्नती र बिकास गर्न सम्पूर्ण बिद्यार्थीहरु सङ्गठित हुनु भने तर्फ व्यक्त गर्दै नजिकिँदै गरेकाे दशैं,तिहार र छठ पर्वकाे उपलक्ष्यमा शुभकामनाहरु व्यक्त गरे । कार्यक्रम अनेरास्ववियु भक्तपुर क्याम्पस कमिटी सह-सचिव दिपेश बिसुङ्केले सञ्चालक गरेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार  ८ : १८ बजे