न्युयोर्क। तामाङ सोसाइटी अफ न्युयोर्कको आयोजनामा “सामाजिक न्याय र परिवर्तनको लागि महिला सशक्तीकरण” विषयक कार्यक्रम हुने भएको छ । सबै वर्ग र उमेरका नेपाली महिलालाई शिक्षा, स्वास्थ्य, अर्थ, लैङ्गिक समानता सम्बन्धी ज्ञानको अभिबृद्धि गराउनुका साथै प्रोत्साहित गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
डिसेम्बर २२ तारिख शनिबार दिउँसो १:०० देखि ६:०० बजेसम्म न्युयोर्कस्थित एल्महर्ष्ट हस्पिटलको अडिटोरियममा हुने कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याति प्राप्त महिला व्यक्तित्वहरुबाट शिक्षा, स्वास्थ्य, अर्थ, लैङ्गिक समानता र सामाजिक न्याय विषयमा प्रस्तुति दिनेछन् ।
कार्यक्रममा पूर्व डिआइजी पार्वती थापामगर, घरेलु हिंसा तथा यौन शोषणबिरुद्धको सामाजिक अभियन्ता तथा सल्लाहकार विष्णुमाया परियार, जर्सी सिटीका मेयर; अन्तर्राष्ट्रिय अनुसन्धानविद, संयुक्त राष्ट्र संघ कविता निरौला, दन्त चिकित्शक तथा एनआरआईसिसि अमेरिकाका युवा संयोजक डा. वर्षा मो्क्तान, राजनीतिज्ञ मदलशा गुरुङ र व्यवसायी अमृता लामा अतिथि वक्ताका रुपमा रहेका छन् । कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुतिसमेत रहेको आयोजकले जनाएको छ ।