३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

संयुक्त लोसार सांस्कृतिक कार्यक्रम आयोजना गर्दै टान


१५ माघ २०७५, मंगलबार  

0
Shares

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले यसपटकको लोसार काठमाण्डौंको लैन्चौर ब्याङकेटमा आयोजना गर्ने भएको छ ।

टानका महासचिव आङ पेम्बा शेर्पाले विज्ञप्ति जारी गर्दै संयुक्त ल्होसार माघ २४ गते मनाइने भएको जनाए । ‘दुई दशकदेखि आफ्नो क्यालेण्डर अनुसार वार्षिक कार्यक्रमको रुपमा विगत लामो समय देखि नै हिमाली तथा पहाडी क्षेत्रमाबसोबास गर्ने विभिन्न समुदायहरुले नवबर्षको रुपमामनाइने ’लोसार’ लाई टानले टान संयुक्त लोसारको रुपमा मनाउंदै आएको छ,’ महासचिव शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’यस वर्ष टान संयुक्त लोसार सांस्कृतिक कार्यक्रम काठमाण्डौंको लैन्चौर ब्याङकेटमा फेब्रुवरी ७ मा आयोजना गर्ने तयारी गर्दैछ ।’

टानले यस कार्यक्रमलाई पृथकता दिदैं नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल – २०२० अभियानलाई प्रवद्र्धन गर्न साथै यस चाडलाई एउटा भिन्न पर्यटन उपजका रुपमा विकास गर्दै लैजाने उद्देश्यले यस पटक भव्य रुपमा मनाउन लागेको जनाएको छ ।

हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायहरुको संस्कृतिक प्रस्तुति, हाँस्यकलाकारहरुको प्रदर्शन, गायक गायिकाहरुको सांगीतिक प्रस्तुती, डिजे सेसन, डिनर कार्यक्रम साथै डोर प्राइजहरु टान संयुक्त लोसारको मुख्य आकर्षण हुने आयोजकले जनायो ।

कार्यक्रमस्थलमा प्रवेशका लागि कुपनको व्यवस्था गरिएको र कुपन टान सचिवालय, मालिगाउँ र टिम्स काउन्टर, सातघुम्ती, ठमेलमा उपलब्ध हुने आयोजकले जनाएको छ । कुपनको प्रतिव्यक्त १,६९९ रुपैयाँ रहेको छ ।

 

 

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ११ : २४ बजे