२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

ज्ञानोदय प्राविका विद्यार्थीलाई सोनुको सहयोग


२५ माघ २०७५, शुक्रबार  

0
Shares

ललितपूर । बागमती गाउँपालिका वडा नं ५ इकुडोल भकारी डाँडामा रहेको ज्ञानोदय प्राविका २३ जना विद्यार्थीले न्यानो कपडा पाएका छन्।

बिहीवार छोर्गे युवा क्लब सचिव तथा तामाङ डाजाङका सचिव प्रकाश थिङले कपडा हस्तान्तरण गरेका हुन्।

बौद्ध  निवासी  सोनु नगरकोटीको सहयोगमा न्यानो कपडा वितरण गरिएको थिङले बताए। बागमती गाउँ पालिका प्रमुख वीरबहादुर लोप्चानको प्रमुख आतिथ्यतामा कपडा वितरण गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक झम्कनारायण घिमिरेले विद्यालय भौतिक रुपमै कमजोर र अभावमा गुज्रिरहेको उल्लेख गर्दै विद्यार्थीलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे।

 

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १० : ४४ बजे