४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

युएस नेपाल क्लाइबर्सद्धार कीतिमानी आरोहीहरु र पर्वतारोहण प्रशिक्षकहरु सम्मानीत


Ang

११ फाल्गुन २०७५, शनिबार  

0
Shares

 

युएस नेपाल क्लाईबर्स एसोसियसनको दोश्रो अधिबेसन न्युयोर्कमा सम्पन्न भयो । दुई चरणमा भएको कार्यक्रम अन्र्तगत पहिलो चरणको कार्यक्रम विश्वमा सवैभन्द छिटो सगरमाथा आरोहण गर्ने ल्हाक्पा गेलु शेर्पाको प्रमुख आथित्यमा भएको थियो भने दोश्रो चरणको नया कार्यसमिति घोषणा कार्यक्रम नेपाली कन्सुलेटका महाबाणिज्यदुत पुष्प राज भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो । अधिबेसन विश्वविख्यात पर्वतारोही ल्हाक्पा गेलु शेर्पाले बुद्धको सामु बत्ति बालेर उदघाटन गरेका थिए ।

 

कार्यक्रमको विशेष अतिथि न्युयोर्क सिटिको काउन्सील मेम्बर कोष्टा कोष्टनटिनिडिसले न्युयोर्कसिटिले नेपाली समुदायको हितमा विभिन्न महत्वपुर्ण कार्यहरु गरेको उल्लेख गदै नेपाली समुदायको सम्मानमा मार्च ९ तारिख बाटोको नाम माउन्ट एभरेष्ट वे को औपाचरिक रुपमा घोषणा गर्न लागेको बताए । न्युयोर्कसिटिले नेपाली समुदायको सम्मानमा हुन लागेको कार्यक्रममा उपस्थित हुन काउन्सीलमेम्बर कोष्टाले सवैलाई आग्रह गरेका थिए । त्यस्तै न्युयोर्कसिटिकै अर्का काउन्सीलमेम्बर डोनाबनले पनि नेपाली समुदायको हितमा सिटि काउन्सील मेम्बरको नाताले आवश्याक सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव तथा नेपाल शिक्षक संघका पुर्व उपाध्याक्ष आङ दावा शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथामा विश्वकीर्तिमान कायम गर्न सफल आरोहीहरुले विश्व माझ नेपालको प्रतिष्ठालाई उच्चो बनाएकोमा खुसी व्यक्त गदै आरोहीहरुको सम्मानमा गीत गाएका थिए । सस्थाको महासचिव आङग्याल्जेन शेर्पाद्धारा सञ्चालित कार्यक्रममा सस्थाका सल्लाहकार ङवाङ निमा शेर्पाले स्वागत मन्तव्य दिएका थिए ।

 

अधिबेसनमा सल्लाहकार तथा विधान मस्यौधा समितिका संयोजक आङछिरिङ शेर्पाले पेश गरेको विधान मस्यौदा अधिबेसनले पास गरेका थिए । उक्त अवसरमा सर्वोच्च शिखरमा विभिन्न कीर्तिमान कायम गर्न सफल आरोहीहरु र पर्वतारोहण प्रशिक्षकहरुलाई सस्थाले सम्मान गरेका थिए । सगरमाथा आरोहीहरु र पर्वतारोहण प्रशिक्षकहरुलाई नेपाली कन्सुलेटका महाबाणिज्यदुत पुष्पराज भट्टराईले सम्मान पत्र प्रदान गरेका थिए । त्यस्तै सस्थालाई निरन्तर रुपमा सहयोग गर्नेहरुलाई काउन्सील मेम्बर कोष्ट कोष्टटिनिडेसले सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि विश्व विख्यात आरोही ल्हाक्पा गेलु शेर्पाले पर्वतारोहण र पर्वतारोहीको हितमा क्रियासिल सस्थाले प्रवासमा गदै आएको कार्यहरुको प्रसंसा गदै आफु लगायत सबै सगरमाथा आरोहीहरुलाई सम्मान गरेकोमा खुसी व्यक्त गरेका थिए । उक्त अवसरमा कीर्तिमानी आरोही ल्हाक्पागेलुले न्युयोर्कको बाटोको नाम माउन्ट एभरेष्ट वे भनेर राख्ने कार्यमा विशेष पहल गर्ने काउन्सीलमेम्बर कोष्टलाई खादा लगाई सम्मान गरेका थिए ।  यो सस्था सन २०१० बाट अनौपचारिक रुपमा शुरु भएपनि आधिकारिक रुपमा सन २०१४ मा न्युयोर्कमा दर्ता भएर अघि बडदै आएको छ ।

दोश्रो चरणमा निर्वाचित कार्यसमितिको चयनको बारेमा निर्वाचन कमिटिको संयोजक आङछिरिङ शेर्पाले कार्यसमिति चयनको बारेमा बताएका थिए । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन कमिटिका सदस्य ङवाङ निमा शेर्पाले प्रमाण पत्र र आङ जाङबु शेर्पा गोलेले खादा लगाइदिएका थिए । कार्यक्रममा एनआरएन पर्यटन संयोजक आङ जाङबु शेर्पा गोलेले विश्वले चिनिएको सगरमाथा आरोहीलाई सरकारले विदेशको पर्यटन दुत बनाउनु पर्ने माग गरेका थिए । महाबाणिज्यदुत पुष्पराज भट्टराईले पर्यटन मन्त्रालयले आफनो मनखुसीले अहिलेसम्म पर्यटन दुत बनाएको बताउदै विदेशमा पर्यटन दुत बनाउनका लागी निश्चित मापदण्ड अनुरुपको बनाउनु पर्ने बताएका थिए । कार्यक्रममा सस्थाको अध्यक्ष पासाङ रिन्जी शेर्पाले आफनो कार्यकालमा सहयोग गर्नेहरुलाई धन्यवाद दिदै आगमी कार्यकालमा आफुले सक्दो सहयोग गर्ने बताएका थिए ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १० : ५६ बजे