काठमाडौं । अखिल गायत्री परिवार तथा वीरगंज महानगरपालिकाको सहयोग र समन्वयमा नेपालमा पहिलो पटक अश्वमेध गायत्री महायज्ञ वीरगंजमा हुने भएको छ ।
सोमवार रिपोर्टस क्लबमा अश्वमेध गायत्री महायज्ञ समितिद्वारा एक पत्रकार सम्मेलन गरि नेपालमा पहिलो पटक महायज्ञ यही फागुन १९ गते देखि २२ गतेसम्म आयोजना हुने जानकारी दिए ।
अश्वमेध गायत्री महायज्ञको उद्घाटन राष्ट्रपति विद्या देवी भंडारीले गर्ने भएकी छिन् । साङ्गे भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको जनाए ।
कार्यक्रममा अश्वमेध गायत्री महायज्ञका अध्यक्ष डा. उपेन्द्र महतो, महायज्ञका संयोजक एवम् वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, प्रचार प्रसार समितिका संयोजक हेमराज कार्की लगायतको उपस्थिति रहेको थियो ।
वीरगंन्ज महानगरपालिकाका मेयर सरावगीले मान्छेले जीवनमा गर्न सक्ने सबै भन्दा ठुलो आयजना नै अश्वमेध गायत्री महायज्ञ भएको किटान गर्दै भने, ‘हजारौं बर्ष पछि नेपालमा पहिलो पटक आयोजना हुदैछ । महायज्ञको आयोजना भव्य रुपमा सफल बनाउन हामी तीन बर्ष देखि लागीगपरेका छौं ।’
‘हामीले महायज्ञको बारेमा पुरानमा पढ्ने अनि सुन्ने मात्र गरेको थियौं ।’ उनले थपे, ‘अश्वमेध गायत्री महायज्ञ नेपालमा पहिलो पटक गराउन लाग्दा हामी असाध्यै गौरवान्वित भएका छौं । यो समृद नेपाल निर्माणको लागि पनि एक महत्वपूर्ण कदम पनि हुनेछ ।’
उनले महायज्ञले पर्यावरनको रक्षा, कुलतमा फसेका युवालाई कुलत मुक्त पार्न, महिला शक्तिलाई जागरण बनाउन एवं आफ्नो भविष्यको योजनाहरु निर्माण गर्न पनि महत्वपूर्ण भूमिका निभाउने बताए ।
अश्वमेध गायत्री महायज्ञका अध्यक्ष डा. महतोले आयोजना हुन गइरहेको महायज्ञले विश्वभर नै सकारात्मक प्रभाव पार्न उल्लेख गर्दै भने, ‘हाम्रो देशको संस्कृतिको प्रचार प्रसार भव्य रुपमा हुनेछ ।’
उनले पहिला आउने श्रद्धालुहरुले प्राथमिकता पाउने जानकारी दिदै भने, ‘एक पटकमा तीन हजारले मात्र यज्ञ गर्न पाउने छन्, र जो अगाडि उपस्थित हुन्छ उनै भिआइपी बन्ने छ । तर, जति पनि उपस्थित भएका श्रद्धालुहरुले भने यज्ञको परिक्रमा गरेरनै यज्ञ पूरा हुन्छ ।’
‘उक्त महायज्ञमा नेपाल भारतलगायत विभिन्न मुलुकका करिब पाच लाख श्रद्धालुहरुको उपस्थिति हुने अनुमान रहेको जानकारी गराउदै महतोले भने, ‘हालसम्म अनलाइन मार्फत दुई लाख श्रद्धालुले नाम दर्ता गरिसकेका छन् ।’
अखिल गायत्री परिवार तथा वीरगंज महानगरपालिका लगायत विभिन्न धार्मिक, आध्यात्मिक, सामाजिक संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना गर्ने महायज्ञमा सम्पूर्ण श्रद्धालुहरुलाई खाना, बस्नको व्यवस्था नि:शुल्क हुनेछ ।
कार्यक्रममा मार्फत यदि आफ्नो ईच्छा अनुसारले गरिएको दान भने सहर्स स्विकार गर्ने पनि जानकारी दिए ।
यस्तो छ कार्यक्रमको तालिका