४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

कृषि मन्त्री खनालको सुझाव, ‘कृषकले रसायनिक मल त्यागी प्राङ्गारिक मलको प्रयोग गरौ’


२१ फाल्गुन २०७५, मंगलबार  

0
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले किसानहरुले रसायनिक मल भन्दा प्राङ्गारिक मलको प्रयोग गर्नु पर्ने बताएका छन् ।

मंगलवार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबको साक्षात्कारमा मन्त्री खनालले कृषकहरुले प्राङ्गारिक मलको प्रयोग गर्नु पर्ने कुरालाई जोडदिदै भने, ‘विसादियुक्त कयौं रसायनिक मलहरु सरकारले प्रतिबन्द्ध गरिसक्यो ।’

अब नेपालमा अर्गानिक मलको प्रयोग गर्नु पर्ने समय आएको प्रष्ट पार्दै उनले कृषिमा आधुनिकीकरणका साथै प्राङ्गरिक मल नै प्रयोग गर्नु पर्ने कुरा पनि सुझाव दिए ।

नेपालमा दुध आत्म निर्भरता भइसकेको उल्लेख गर्दै उनले भने ‘दुधले एक बर्ष भित्रमा राम्रो गति लिएको छ । विदेशबाट आयात हुने धुलो दुधमा प्रतिवन्ध लगाई सकियो । नेपालमा नै अब धुलेदुध बनाउन कैलाली र कञ्चनपुरमा फ्याक्र्टी छ, अब अर्को फ्याक्र्टी कोहलपुरमा खोल्छौं ।’

नेपाललाई कृषिमा आगमी पाचँ बर्ष भित्रमा दोव्वर परिवर्तन गर्छौं । उनले थपे, ‘बङ्गुर, कुखुरा, अण्डा र हरियो तरकारीमा नेपाल आत्‍म निर्भर बनिसक्यो । अब पालो बोका, खसी, रागा, भैसीलगायत फलफुलको पनि हो ।’

मन्त्री खनालले फलफुल पनि अबको कहि बर्ष भित्रमै अर्गानिक खान पाउने दाबी गरे । भने, ‘उखु किसानका समस्या पनि आफूहरुले समाधान गरेको छौं । अहिले पनि हामीलाई चिनी अपुग छ । भारतमा ११ जातका उखु रहेको तर नेपालमा उखुको प्रकार रैथानेमात्रै रहेको छ । त्यसैले उखु किसानहरु पीडित परेका रहेछन् ।’

खनालले आगामी बजेटमा तीन मुख्य कार्यक्रम र १७ ओटा योजनाहरु अघि बढाउने पनि जनाए । भने,‘ती कार्यक्रमहरु गेम चेन्जर योजना हुन् । आगामी ५ वर्षभित्र कृषिमा हामी आत्मनिर्भर हुन्छौं ।’

उनले किसानलाई परिचयपत्र वर्गीकरण गरेर वितरण गर्ने, सोईल हेल्थ कार्ड वितरण गर्ने र किसान कल्याण परिचयपत्र पनि वितरण गर्ने जाकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ४ : १७ बजे