काठमाडौं: आइतबार सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको 9N-AMH कलसाइनको एलइटी एल-४१० ट्विन इन्जिन विमान चिप्लिएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो ।
दुर्घटनामा परी समिट एयरका को–पाइलट सुजिल ढुङ्गाना, प्रहरीका असई राम बहादुर खड्का र अर्का असई रुद्र बहादुर श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनमा घाइते भएका समिट एयरका मुख्य पाइलट रवीन्द्रबहादुर रोकाया, मनाङ एयरका पाइलट चेतबहादुर गुरुङ, स्टाफ लाक्पा शेर्पालाई उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको थियो ।
घाइतेमध्ये समिट एअरका पाइलट रोकाया र शेर्पा सामान्य उपचारपछि घर फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जनाएका छन् ।